पाँचथरमा ६० प्रतिशत मत खस्यो, कुम्मायकमा बम फेला पर्यो



गणेश साम्पाङ, पाँचथर ।
प्रदेश न १ को पाँचथरमा आइतबार बिहान देखि नै निर्वाचन शुरु भयो । पाँचथरका मुख्य निवाचन अधिकृत मनोजकुमार केसीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा ७ देखि साढे साथ बजे भित्रमा मतदान भएको बताउनु भयो ।

वहाँले जिल्लाको १ सय स्थानमा १ सय ६५ मतदान केन्द्र रहेको र सबै मतदान केन्द्रमा ४ बजे सम्ममा ५५ देख ६० प्रतिशत मत खसेको बताउनु भयो ।

बम फेला पर्यो

कुम्मायक गाउँपालिकाको वडा ४ सिद्ध मावि मतदानकेन्द्र देखि साढे १ किलोमिटरको दुरीमा रहेको देवल भन्ने स्थानमा बम फेला परेको थियो । रेडबुलको कन्टेनरमा बनाइएको सो बमलाई नेपाली सेनाको एक छोलीले निष्कृय पारेको थियो । दिउँसो १ बजे तिर बेवारिसे झोला स्थानीयबासीले देखे पछि प्रहरीलाई खबर गरिएको थियो ।

सो झोला भित्र रेडबुलको कन्टेनरमा बनाइएको बमलाई साढे ३ बजे सेनाले निकृय पारेको थियो ।
कुम्मायकमा बम फेलापरे पनि अन्य ठाउँमा शान्तिपुर्ण मतदान भइ रहेको पाँचथरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी देबी हुमागाइले बताउनु भयो ।

आज भएको निर्वाचनमा प्रतिनिधी सभाका प्रत्यासी बाम गठबन्धनका बषन्तकुमार नेम्बाङले पफिदिम मावि केन्द्र फिदिमबाट र लोकतान्धिक गठबन्धनका प्रत्यासी भिष्मराज आङदेम्बेले फाल्गुनन्द गाउँपालिकाको वडा न १ शान्ति क्षेत्र माविमा मतदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्