बम विस्फोटमा दुई प्रहरीको मृत्यु !



काठमाडौं । बिहान भएको बम विस्फोटमा परी दुइजना प्रहरीको मृत्यु भएको छ । प्रहरीको मृत्यु भएको खबर स्थानीय सञ्चारमाध्यमहरुले दिएका छन् ।

उत्तरपश्चिमी पाकिस्तानको प्रान्तीय राजधानी पेसावरमा शुक्रबार बिहान भएको बम विस्फोटमा परी पाकिस्तानका दुइजना प्रहरी अधिकारीको मृत्यु भएको छ । पेसावरको हेयाताबाद क्षेत्रको ततारा पार्कनजिकै उनीहरुको हत्या गरिएको समाचारमा जनाइएको छ । पेसाबर उत्तरपश्चिमी खैवर पाख्तुनख्वाको प्रान्तीय राजधानी हो ।

यस आक्रमणमा परी प्रहरी जनरल मुहमद असरफ नुर र उनको अङ्गरक्षकले ज्यान गुमाएका बताइएको छ ।

यी प्रहरी अधिकारी आफ्नो कार्यालयतर्फ गइरेहको अवस्थामा सो आक्रमण भएको प्रहरीले जनाएको छ ।

यस आक्रमणबाट प्रहरी अधिकारीको सवारी साधान पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । हालसम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्