लालबाबुलाई हङकङ बस्ने प्रवाशीहरुको सहयोग अभियान 



दुर्गाप्रसाद शर्मा, पर्वत । मोरङ्ग क्षेत्र नं ६ बाट प्रतिनिधीसभामा उमेद्वार छन पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित  । तराईको निर्वाचन क्षेत्रमा चुनाब लडिरहेका लालबाबु पण्डितलाई स्वदेशमा मात्रै होइन बिदेशमा पनि ठुलै सहानुभूति र सहयोग अभियान चलाईरहेका छन ।
लालबाबु पण्डितका लागि यस्तै  सहयोग अभियान अहिले हङ्गकङ्गमा बस्ने नेपालीहरुले चलाई रहेका छन । मुलुककै सबैभन्दा ठुलो पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गरेका र हाल हङ्गकङ्ग बस्दै आएका पुर्ब बिद्यार्थीहरुको समुहले  लालबाबु पण्डितलाई पौने दुई लाख रुपैया भन्दा बढी आर्थिक सहयोग गरेका छन । पुर्ब बिद्यार्थी समुह हङ्गकङ्गले पण्डितलाई १ लाख ७८ हजार २ सय रुपैँया सहयोग गरेको छ । लालबाबुले चुनाब जित्दा सिंगो देश र जनतले चुनाब जित्छन भनेर सहयोग अभियान चलाएको  पृथ्वी नारायण क्याम्पसका पुर्ब स्वबियु कोषाध्यक्ष बिरोधबिक्रम गुरुङ्गले जानकारी दिए ।
‘एउटा देशले खोजेको सादगी नेतालाई आफ्नो भूगोल र समुदाय भन्दा पनि पर राखेर पनि सहयोग गर्नुपर्छ भनेर सहयोग गरेका छौ’ गुरुङ्गले भने ‘स्वच्छ छविका ब्यक्तिका लागि भूगोल र समुदायको दायराबाट माथि उठेर सहयोग अभियान चलेको छ  सामान्य प्रशासन मन्त्री हुँदा सिंहदरबार बदल्ने अभियान चलाएका पण्डित डिभी पिआर बोक्ने कर्मचारीलाई काबार्ही गरेर चर्चित बनेका थिए । उनले मधेश आन्दोलनको समयमा होस वा अन्य समयमा पनि स्पष्ट राष्ट्रबादी अडान राख्दै आएका थिए । पण्डित संगै नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला चुनाबी प्रतिष्पर्धामा छन । मोरङ्गको प्रतिनिधीसभा ६ नम्बर क्षेत्र पण्डित र कोइरालाको उमेदवारीले देशभर चर्चामा छ भने दुई उमेदवारका बिचमा तीब्र प्रतिष्पर्धा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्