चन्द्र भण्डारीको नराम्ररी भण्डाफोर गरे टोपबहादुले



गुल्मी । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा गुल्मी–२ का पूर्व सांसद चन्द्र भण्डारीले विकासका नाममा नक्कली र फर्जी कुरा गर्दै हिँडेको आरोप लगाएका छन् ।
गुल्मीको तम्घासमा अर्घाखाँचीबाट आई विभिन्न पेसा व्यवसाय गरी बसेका समुदायलाई सम्बोधन गर्दै पूर्वमन्त्री रायमाझीले सालझण्डी–तम्घास फास्ट ट्रयाक आफू मन्त्री भएको समयमा एमाले नेता प्रदीप ज्ञवालीको जोडबल र दबावमा सुरु गरेको प्रष्ट पारेका छन् । उनले भने–‘चन्द्र भण्डारीजीले यो सालझण्डी–पटौती–तम्घास सडक खण्डको काम अघि बढेपछि मात्र थाहा पाउनुभएको हो । प्रदीपजीको जोडबलमा हामीले योजना समावेश ग¥यौँ तर चन्द्रजीले आफूले पारेको भन्दै फेसबुके प्रचार थाल्नुभएछ जबकि यो सडक आयोजनाको सिलान्यास मैले नै गरेको हो । तपार्इंहरुले यस्ता नक्कली कुराको भण्डाफोर गर्नुहोस्, चन्द्र भण्डारीमात्र होइन नेपाली काँगे्रस नक्कली कुरा गर्न र जनता झुक्याउन माहिर छ । यस्तो झुटो प्रचारबाट जनतामा पर्न गएको भ्रम चिर्न जरुरी छ ।
नक्कली कुरा गर्न माहिर चन्द्र भण्डारी मसँग आएर विभिन्न योजना मैले पारेको भनेर तपार्इंले पनि भनिदिनु प¥यो भन्नुभएको थियो तर मैले त्यसो गरिनँ । अहिले उहाँ हाँ हाँ र हुँ हुँ गर्दै हिंड्नुभएको छ । माओवादी केन्द्रका नेता राममाझीले थपे, ‘फास्ट ट्रयाक लगायत विभिन्न मोटरेवल पुलका योजना प्रदीपजीको जोडबलमा म मन्त्री भएको बखत समावेश गरिएको हो, गुल्मीमा यथार्थ कुरा ओझेलमा र भुटो कुरा सतहमा आएछ, तपार्इंहरुले ढुक्कले प्रचार गर्नुप¥यो ।
गुल्मी क्षेत्र नंं–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका काँगे्रस नेता चन्द्र भण्डारीले सबै योजना आफैंले पारेको भन्दै फेसबुके अभियान चलाइरहेका बेला पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता रायमाझीले भण्डाफोर गरेका छन् । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागी बामगठबन्धनका साझा उम्मेदवार समेत रहेका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले केन्द्रमा दुईतिहाई बहुमत पु¥याउन वामगठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन र निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरुलाई अनुरोध गरेका छन् । कार्यक्रममा अर्घाखाँची जिल्लाबाट प्रदेश सभा सदस्यका उम्मेदवार एवं एमाले अघाँखाँचीका अध्यक्ष चेतनारायण आचार्य, माओवादी केन्द्रका नेता एवं प्रचार संयोजक चन्द्रबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले कार्यक्रमको समापन गर्दै प्रदीप ज्ञवालीको कार्यकालमा भएका कामहरु प्नि निवर्तमान सांसद भण्डारीले आफैले गरेको भनी नक्कली प्रचार गरेकोमा विरोध गर्दै नक्कलीदेखि सावधान रहन सबैमा अपिल गरेका छन् । मेयर भुसालले गुल्मी र अर्घाखाँचीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दायित्व आफ्नै हो भन्ने ठानेर सक्रियतापूर्वक निर्वाचन अभियानमा खट्न सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्