शिल्पा पोखरेल र छवि ओझाको वैवाहिक सम्बन्ध धरापमा


काठमाडौं । वि.सं. २०७४ सालको शुरुवातमा विवाह बन्धनमा बाँधिएका नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाको ‘वैवाहिक जीवन धरापमा’ परेको छ। दशैंमा टीका लगाउन ‘माइती–ससुराली’ जाने विषयमा शुरु भएको विवादले शिल्पा र छविको सम्बन्धमा दरार आएको हो।

स्रोतका अनुसार आफूभन्दा अझै दुई गुणा धेरै उमेरका छविलाई लिएर माइती जाने पक्षमा थिइनन्। त्यसमाथि दशैं अगाडि छविले आफू निकटका केही सञ्चारकर्मीलाई ‘वैवाहिक जीवनको खुलाशा’ गर्न अह्राएको तथ्य थाहा पाएपछि शिल्पा रुष्ट भएकी छिन्।

किस्मत–२ को प्रदर्शन भएको केही दिनपछि नै परिवारका केही सदस्यको उपस्थितिमा विवाह गरेका थिए। अहिले पनि उनीहरु एउटै घरमा पस्दै आएका छन्। पहिलो विवाह तोडेर रेखा थापासँग सम्बन्ध गाँस्न पुगेका छविलाई शिल्पाले पनि आधा बाटोमा छोड्ने पक्कापक्की भएको छ।

घरबाट आएको सल्लाह नमानी छविसँग विवाह गरेकी शिल्पालाई साथीहरुले पनि ‘छवि अंकलको खबर के छ शिल्पा’ भन्ने गरेका छन्। पारिवारिक स्रोतका अनुसार यिनै कारणले पनि शिल्पाले छविसँगको सम्बन्धलाई पूर्णविराम लगाउने सोचमा पुगेकी हुन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।