कसरी बनाउन सकिन्छ च्याउको स्वादिलो परिकार ?


काठमाडौं,
च्याउबाट बनाइने तरकारी एकदमै स्वादिष्ट हुन्छ । च्याउ धेरै तरिकाबाट बनाउन सकिन्छ ।गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान निकै नै मज्जा आउँछ । हाँ हामी बेक्ड च्याउको परिकार बनाउने विधि सिकाउँछौं ।

सामग्रीहरु

एक चम्चा तेल

एउटा लसुन

प्याज ६५ ग्राम

भेडेखुर्सानी ११० ग्राम

उमालेको च्याउको स्टेम ३० ग्राम

च्याउ १६ वटा डल्ला

नून एक चम्चा

मसला एक चम्चा

मरिच एक चम्चा

मोजारेला चीज

च्याउ बनाउने विधि

एउटा प्यानमा तेल तताउनुस् । त्यसमा लसुन हालेर तीन मिनेटसम्म भुट्नुस् ।

अब त्यसैमा प्याज भुट्नुस् ।

अनि मरिच र उमालेको च्याउको स्टेम हालेर मज्जाले हल्लाउँदै सात मिनेटसम्म पकाउनुस् ।

त्यसपछि नून, मसला र मरिच हालेर मिसाउनुस् ।

यो मिश्रणलाई एउटा भाँडोमा राख्नुस् ।

त्यसलाई सबै च्याउका डल्लामा समान मात्रामा भर्नुस् ।

प्रत्येक च्याउमा मोजारेला चीज हालेर ट्रेमा राख्नुस् ।

अब सबैमा मसला छर्किनुस् ।

त्यसपछि ओभनमा १८० डिग्री सेल्सियसमा प्रिहिट गरेर १० मिनेटसम्म च्याउलाई बेक गर्नुस् । चीज नपग्लिएसम्म बेक गर्ने हो ।

ओभनबाट निकालेर पस्किनुस् ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।