रामेछाप–काठमाडौं पत्रकार समाजद्वारा राहत वितरण

0
Shares

 

नेपाल समाचारपत्र
रामेछाप
रामेछाप–काठमाडौं पत्रकार समाजले लिखु गाउँपालिका–६ खिम्तीको बाढीपीडितका लागि राहत सामग्री वितरण गरेको छ। समाजका उपाध्यक्ष प्रेम गौतमको नेतृत्वमा खिम्ती पुगेर करिब ५ लाख रुपियाँ बराबरको साहत सामग्री वितरण गरेको हो।

समाजले राहत सामग्री लिखु गाउँपालिका–६ का अध्यक्ष शिवप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेको थियो। समाजले आफ्नो पहलमा विदेशमार्फत् प्राप्त सामग्री वितरण गरेको रामेछाप–काठमाडौं पत्रकार समाजका सहसचिव दीपेन्द्र गुरुङले बताउनुभयो।

‘पत्रकारको जिम्मेवारी भने घटनाको समाचार प्रकाशन⁄प्रसारण गरी समास्या समाधानमा सहयोग पुर्याउनु हो। यद्यपि आफ्नै जिल्लामा भएको यस्तो विपत्को अवस्थामा हामीले केही राहतको सामग्री पनि लिएर आएका छौं’, समाजका उपाध्यक्ष गौतमले भन्नुभयो– ‘हामी समाचार मार्फत् घर र जग्गा जमिनसमेत गुमाएकाहरूको पुनस्र्थापनाका लागि पहल गर्नेछौं।’

गत असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात छ। बाढीबाट १२ घर पूर्ण रूपमा बगेका थिए भने ६० घर बस्न नहुने गरी पूर्णरूपमा क्षतिग्रस्त बनेको छ।

Skip This