अवैध सामान सहित पक्राउ 


नेपाल समाचारपत्र, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा दुबई एअरलाइन्सको उडानद्वारा दुबईबाट आएका  बागलुङ रायडाँडाका २७ वर्षीय राजु हरिजनसँग सामान रिसिभ गर्दै गरेको अवस्थामा काठमाडौं चावहिल बस्ने खोटाङ मसुवागढीका ४५ वर्षीय लक्ष्मी आचार्य र काठमाडौं बौद्ध बस्ने दोलखा, जिरी नगरपालिका–३ का १९ वर्षीय रोशन बस्नेत समेत सुनजस्तो देखिने पहेंको धातु करीव १ सय २० ग्राम, ल्यापटप ४ थान, आइफोन ६ थान र मोवाइल २ थान सहित बिहिबार तीनै जानलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।