जग्गा दान गर्ने कार्य प्रशंसनीय



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको मटिहानी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानिय रामप्रसाद गुप्ता जैनपूरीले जग्गा दान गरी प्रशंसनीय कार्य गर्नुभएको छ ।

महोत्तरीको मटिहानी गाउँपालिकामा स्थानिय गुप्ता जैनपुरीले ३० लाख मुल्य बराबरको जग्गा दान स्वास्थ्य चौकी भवन निर्माणको लागि गरेको कार्य प्रशंसनीय एवम् उदाहरणीय कार्य गर्नुभएको हो ।

मटिहानी गाउँपालिका ४ स्थितमा स्वास्थ्य चौकी भवन निर्माणमा लागि जैनपूरीले ३० लाख मुल्य पर्ने ७ कट्ठा जग्गा दान गरेका छन् ।

मटिहानी स्थित राम उमाविमा आयोजित जग्गा हस्ताँतरण कार्यक्रममा दाता रामप्रसाद गुप्ता जैनपुरीले ७ कट्ठा जग्गाको लालपूर्जा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नागेन्द्र यादवलाई स्वास्थ्यचौकी भवन निर्माणका लागि हस्तान्तरण गरेको हो ।

मटिहानीमा स्वास्थ्यचौकी भवन निर्माणका लागि लाखौको जग्गा दान गर्ने दाता जैनपूरीलाई जग्गा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दोसल्ला र माला लगाई सम्मान गर्नुहुदै उहाँले गरेको कार्य प्रशंसनीय एवम समाजको लागि उदाहरणीय भएको बताए ।

विगतमा स्वास्थ्य चौकी भवन बस स्टेण्डस्थित पञ्चायत भवनमा सञ्चालन हुदै आएको र सेवाग्राहीलाई कठिनाईको सामना गर्नु परिरहेकोले अब भवन निर्माण हुने कुरामा स्थानियहरु खुशी देखिएका छन् । स्थानियहरुले जग्गा दान गराएर निकै सराहनीय कार्य गरेको उनीहरुको भनाई छ ।

यस अघि पनि महोत्तरीको बर्दिवास नगरपालिका भवन निर्माण गर्नका लागि बर्दिवासका १० जना स्थानियहरुले करिब ५ करोड ५० लाख मूल्य पर्ने बराबरको जग्गा दान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्