सुर्खेतमा ग्रामीण विद्युतिकरण आयोजना शुरु हुँदै



शेरबहादुर थापा,सुर्खेत ।
राष्ट्रिय प्रसारण लाइन नपुगेको साविकको सुर्खेत निर्वाचन क्षेत्र नं. २ का सबै गाउँमा विद्युत पु¥याईने भएको छ । अबको दुई वर्ष भित्र सबैगाउँहरुमा झिलिमिलि बनाउन ग्रामिण विद्युतीकरण आयोजना शुरु हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आयोजना सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया शुरु भईसकेको बताएको छ ।

बहुवर्षिय आयोजनाले काफकोट, मटेला, रानीवास, रजेना, नेटा, लेखफर्सा, दशरथपुर, कल्याण, साटाखानी, पाम्का, अवलचिङ्ग, गर्पन र रतु गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । ११ केभिए विद्युत प्रसारण लाईन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पहिलो चरणमा ८ करोड रुपैयाँ लागत स्टमेट गरिएको ग्रामिण विद्युतीकरण आयोजना स्वीकृत भई टेण्डर प्रक्रियामा रहेको नेपाल विद्युत प्राधिकरण शाखा सुर्खेतका प्रमुख दिपकजङ्ग चौधारीले जानकारी दिए । उनले वर्षौंदेखि टुक्कीबत्तीको भरमा बसेका सुर्खेत निर्वाचन क्षेत्र नं. २ का बासिन्दालाई टेवा पुग्ने बताए । उनका अनुसार सदरमुकामदेखि भौगोलिक रुपमा दुर्गम क्षेत्रमा रहेका गाउँहरुमा विद्युतीकरणले परिवर्तन ल्याउने छ ।

‘यस वर्षदेखि शुरु हुने आयोजनाका लागि सबै आवश्यक प्रक्रिया पुरा भईसकेका छन्,’ उनले भने, ‘अब छिट्टै पोल गाड्ने काम शुरु गरेर आगामी दुई वर्षभित्र सबै गाउँमा विद्युत पु¥याउने लक्ष्य छ ।’ पहिलो चरणमा त्यस क्षेत्रमा ११ केभिएको ट्रान्सफर्मर जडान गरेर विद्युत् विस्तार गरिने कार्यक्रम छ ।

विद्युत् विस्तार भएपछि ती गाउँहरुमा बसोबास गर्ने डेढ लाख बढी प्रत्यक्ष लाभान्वित हुने छन् । जिल्लाका दर्जनभन्दा बढी गाउँहरुका उपभोक्ता टुक्की बत्तीकै भरमा रात काट्न बाध्य छन् । गाउँमा विद्युत् सेवा लिन नपाउँदा मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, बत्ती बाल्नजस्ता महत्वपूर्ण काममा अन्यन्त्र धाउनु पर्ने बाध्यता रहेको छ ।

साविक क्षेत्र नं. २ का गाउँहरुमा विद्युत् विस्तार गर्न शुरु गर्न लागिएको ग्रामिण विद्युतीकरण आयोजनालाई टेवा पु¥याउन थप अर्को नयाँ प्राजेक्टका लागि पहल भईरहेको सहकारी तथा गरिबी निर्वारण मन्त्री हृदयराम थानीले जानकारी दिए । विभिन्न संघसंस्थामार्फत सोलार बत्ती पुगे पनि यी क्षेत्रका बासिन्दा सबैले सेवा लिनबाट वञ्चित रहेको जिकिर गरे । भौगोलिक रुपमै दुगर्ममा रहेका यस क्षेत्रका बासिन्दाको घरमा आउँदो दुई वर्षभित्रै विजुलीले झिलिमिलि पार्ने दावी गरे ।

साविकको सुर्खेत क्षेत्र नं. २, का घर–घरमा विद्युत पु¥याउन जनप्रतिनिधिले पहल गरे अनुसार सरकारले ग्रामिण विद्युतीकरण आयोजना शुरु गर्न लागेको मन्त्री थानीले बताए ।

उनले यस क्षेत्रको विकासका लागि ग्रामीण विद्युतीकरण आयोजनाले मुहार फेर्ने विश्वास व्यक्त गरे । उनका अनुसार उक्त आयोजनालाई विस्तार गरी सुर्खेतका सबै ग्रामीण क्षेत्रमा पु¥याईनेछ ।

सुर्खेतका खुला व्याडमिन्टन प्रतियोगिता हुँदैै
जेठ १९, सुर्खेत ।
सुर्खेतमा खुला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आगामी जेठ २४ गतेदेखि २७ गतेसम्म विद्यालयस्तरीय तथा खुला व्याडमिन्टन प्रतियोगिता हुने जिल्ला व्याडमिन्टन संघ सुर्खेतले बताएको छ । प्रतियोगितामा सहभागि हुन चाहने प्रतियोगीले जेठ २३ गते दिउँसो २ बजेसम्म सम्पर्क गर्न सकिने बताईएको छ ।

विद्यालयस्तरीय तर्फ ६ देखि ८ सम्म र ९ देखि १० कक्षासम्म विद्यार्थीहरु वीच छुट्टाछुट्टै एकल प्रतियोगिता मात्र हुनेछन् । प्रतियोगितामा सहभागि गराउन चाहने विद्यालयले २ जना छात्र र २ जना छात्रालाई आवश्यक नाम,थर, जन्ममिति, कक्षा, खेल शिक्षकको नाम र सम्पर्क नम्वर उल्लेख गरि संघको कार्यालयमा पठाउनु पर्नेछ ।

प्रतियोगितामा सहभागि हुन प्रति खेलाडी एक सय रुपैयाँ दर्ता शुल्क लाग्ने संयोजक रविन रेग्मीले जानकारी दिए । उनले खुला प्रतियोगिता तर्फ एकल पुरुष, युगल पुरुषसँगै भेट्रान्स ४५ तथा ५५ वर्ष उमेर समूहका वीच प्रतियोगिता हुने बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागि हुन चाहनेका लागि पाँच सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । सबै खेलहरु प्रहरी व्यामशाला सुर्खेतमा हुने संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्