प्रमुख आयुक्तद्वारा निर्वाचन कार्यालय निरीक्षण


काठमाडौँ, १९ वैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त डा आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयकोे निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा उहाँले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेदवारसँग कुराकानी गर्नुभएको थियो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवलाई उम्मेदवारी दर्ताका लागि सहज एवम् व्यवस्थित गराउन आग्रह गरेका थिए ।

निर्धारित समयसीमाभित्र उम्मेदवारी दर्ता गराउन लाम बसेकालाई सहज वातावरण बनाउन निर्देशन दिँदै डा यादवले वैशाख ३१ गते हुने निर्वाचनका लागि उत्साहपूर्वक सहभागिता भएको प्रतिक्रिया दिनुभएको थियो । उहाँले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचनमा घटिएका कर्मचारीले मध्याह्न ३ बजेपछि उम्मेदवारी दर्ता गराउनेको भिड लागेकाले आफूहरु बढी व्यस्त हुन् परेको प्रतिक्रिया दिएका छन् । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।