महिलाहरूमा बाँझोपनको समस्या बढ्यो

0
Shares

नेपाल समाचारपत्र
काभ्रे
खानपान तथा जीवन शैली परिवर्तन हुँदा महिलाहरूमा बाँझोपन बढ्न थालेको एक तथ्यांकले देखाएको छ।

प्रविधिअनुसार बदलिँदो जीवनशैली, खानपानमा अत्यधिक विषादी र विवाह पहिला नै हुने शारीरिक सम्बन्धमा प्रयोग हुने गर्भनिरोधक औषधी सेवनजस्ता कारणबाट महिलामा बाँझोपन बढ्दै गएको चिकित्सकले बताएका छन्। परिवार नियोजन संघमा मात्रै जचाँउन आएका महिलामध्ये एक वर्षमा ३७ जनालाई त्यस खालको समस्या देखिएको छ। असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भपतन पनि असुरक्षित रूपले गराउँदा पनि बाँझोपनको समस्या देखिने गरेको बताइएको छ।

नेपाल परिवार नियोजन संघले प्रदान गरेको परिवार नियोजनका विविध सेवामध्ये २ सय ९९ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्। सन् २०१६ मा मात्रै १ लाख ६ हजार जनाले परिवार नियोजनसँग सम्बन्धित सेवा लिएका छन्।
बनेपामा रहेको कान्तिपुर कन्डम हाउसले बिक्री गरेको कन्डमबाहेक निजी क्षेत्रका विभिन्न क्लिनिकबाट वितरण हुने कन्डमले पनि असुरक्षित गर्भ र यौनरोगबाट बचाउने गरेको भए पनि पछिल्लो समय शहरी क्षेत्रमा खुलेआम हुने त्यस्ता अश्लील क्रियाकलाप रोक्न परिवार नियोजन संघले विविध कार्यक्रम सञ्चालन गरिरहेको छ। परिवार नियोजन संघबाट मात्रै एक वर्षको अवधिमा २ हजार ७ सय ७५ वटा कन्डम वितरण गरिएको छ। महिलाहरूले प्रयोग गर्ने पिल्स सेवा २ हजार ६ सय ६ वटा वितरण गरेको छ। त्यस्तै महिला कन्डम प्रयोग गर्नेहरू ८० जना सम्पर्कमा आएका छन्। डिपो १ हजार ९ सय ५ जनाले लिए भने आईसीयूडी ३७, नरप्लान्ट ५ सय ५८, आकस्मिक गर्भनिरोधक चक्की ३७, पुरुष बन्ध्याकरण २८, महिला बन्ध्याकरण १३, नरप्लान्ट रिमुभल १ सय ८७ जनाले लिएका छन्।

पातलेखेत र भकुण्डेमा सामुदायिक क्लिनिकको अवधारणाबमोजिम स्टाफ नर्सबाट दैनिक रूपमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवाहरू प्रदान गरेको सचिव प्रकाश कायस्थले जानकारी दिए। भूकम्पपछि हुन सक्ने यौन दुव्यर्वहार र यौन सम्बन्धी समस्या समाधानका लागि परिवार नियोजन संघले २६ सय १५ जनालाई सेवा दिएको प्रबन्धक लक्ष्मण पौड्यालले जानकारी दिए।

Skip This