दिनेश शर्मा, राजविराज ।
राजविराज, २२ चैत्र । सप्तरीको हनुमानगर वजारमा जंगली हात्तीको आक्रमणमा परी मंगलवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । हात्तीको आक्रमणवाट हनुमाननगर ४ का २५ वर्षिय रोशन झाको मृत्यु भएको हो ।
पुरानो सदरमुकाम हनुमाननगर बजारमा बिहान एउटा जंगली हात्ती प्रवेश गरी आतंक मच्चाएको थियो । सो क्रममा हात्तीको आक्रमणमा परि हनुमाननगर बजारका संजिव साह, नविना खातुन, संजय साफि, मो. इस्ताख, रोसन झा र वसन्त मण्डल घाईते भएका थिए ।
घाइतेमध्ये संजिव, रोसन र कालिचरणको अवस्था चिन्ताजनक भएपछि उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा रोसनको उपचारकै क्रममा मृत्यु भएको सप्तरीका एसपी अनुराग द्विवेदीले जानकारी दिए । वाँकी घाईतेको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
उज्यालो भएपछि पसेको जंगली हात्तीले स्थानीयवासीलाई लखेटेर आक्रमण गरेको हो । प्रहरी र स्थानीयको सहयोगमा हात्तिलाई कोशी ब्यारेजतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए ।











प्रतिक्रिया