पर्यटन क्षेत्रमा युवा परिचालन- राज्यमन्त्री तामाङ


काठमाडौँ, १४ चैत । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री पर्शुराम तामाङले पर्यटन क्षेत्रमा युवालाई स्वदेशमै परिचालन गर्नका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभएको छ ।

हस्पिट्यालिटी फाउन्डेसन अफ नेपालले यहाँ आज आयोजना गरेको नेपाल हस्पिटालिटी अवार्ड वितरण कार्यक्रममा मन्त्री राज्यमन्त्री तामाङले युवा वर्गलाई परिचालन गर्नसके मात्र पर्यटन क्षेत्रले सकारात्मक फड्को मार्ने बताउनुभएको हो ।

कार्यक्रममा इनोभेटिभ सेफ अफ दि एयरबाट कुमार चालिसे, हस्पिटालिटी इन्टरप्रिनिरबाट राजेन्दप्रसाद त्रिपाठी, गेस्टोनोमी अवार्डबाट सुरेशचन्द्र बस्नेत, डुङ्गा रेस्टो एन्ड लज बारबाट राजेश गुरुङ, अप्सरा बुटिक होटल ठमेलका रमेश नापित, बेस्ट ट्राभल एन्ड टुरबाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल(सुरेश लम्साल) र बेस्ट एयर होस्टेस अवार्डबाट फ्लाइइटेक इन्टरनेसनलका नाजिस हुसैनलाई सम्मान गरिएको हो ।

सो अवसरमा हस्पिट्यालिटी फाउन्डेसनका अध्यक्ष महेशराज ढकालले नेपालमै यस खालको अवार्ड आफूहरुले व्यक्तिगत प्रयासमा वितरण गरेको बताउँदै भविष्यमा यस्ता कार्यक्रममा पर्यटन क्षेत्रले पनि सहयोग गर्ने अपेक्षा राख्नुभयो ।

कार्यक्रममा अवार्ड विजेता बस्नेतले सम्मानले आफूलाई पर्यटन क्षेत्रमा अझ केही गर्ने हौसला मिलेको बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष चन्द्र रिजालले आगामी दिनमा पर्यटन क्षेत्रबाट आएको आम्दानी सदुपयोग भए नेपाल पर्यटन क्षेत्र अझै राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।