टिपरका चालक र सहचालकदलाई प्रहरीको प्रशिक्षण



मोतीराम तिमल्सिना, काभ्रे ।
दुर्घटना न्युनिकरण गर्ने उदेश्यले टिपरका चालक र सहचालकहरुलाई प्रशिक्षण दिईएको छ । दैनिक ५ सय भन्दा धेरै टिपर अरनिको राजमार्ग हुँदै गुड्न थालेपछि बढ्दो दुर्घटना रोक्न ब्यवसायी र प्रहरीले प्रशिक्षण दिएका हुन् ।
वाग्मति टिपर ब्यबसयी सघं, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलय काभ्रे, संयुक्त आयोजनामा दुई दिने सडक दुर्घटना न्यूनीकरण एवं अनुशासन सम्वन्धि टिपर चालक तथा सह चालकहरुलाई अनुशिक्षण कार्यक्रम तथा ट्राफिक नियम, गति सिमित र सवारी दुर्घटना न्युनिकरणका उपायहरुका बारेमा प्रशिक्षण दिईएको हो ।

प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले चालकहरुलाई आफ्नो पेशालाई मर्यादित र अनुशासित बनाउन आग्रह गरेका थिए । सिक्नुको मात्र अर्थ नभई सिकाईको ब्यबहारमा लागु गर्न सके मात्र उपलब्ीध हुने बताएका थिए । प्रहरीलाई चालकहरुले धेरै ट्रिप गर्दा आम्दानी धेरै हुने भएकाले तिब्र गतिमा चलाउँदा दुर्घटना बढेको बताएका छन् ।

ट्रिपरका चालकको मात्रै दुर्घटना दोष नभएको बताउँदै चालकहरुले ब्यवसायी, पैदल यात्री, सडकमा गुड्ने अन्य सवारी साधनहरुका कारण पनि दुर्घटना बढेको बताएका छन् । ब्यवसायीहरुले धेरै ट्रिप गर्न निर्देशन दिने गरेकाले चालकहरुलाई पनि जति धेरै ट्रिप ओसा¥यो त्यति धेरै भत्ता र सुविधा हुने भएकाले तिब्र गति हुने गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सिंखडाले त्यसलाई ब्यवसायी र मजदुर बसेर अस्वस्थ प्रतिस्पर्धा रोक्नु पर्ने बताए ।

प्रशिक्षणमा जिल्ला प्रहरी प्रमुख सहकुल बहादुर थापाले ट्राफिक र प्रहरीले टिपरको गल्ति बिना पैसा लिएमा तत्काल कारवाही गर्ने बताए । प्रहरी कर्मचारीहरुले दुख दिएको भए आफुलाई सिधै समपर्क गर्न आग्रह गर्दै एसपी थापाले सबै पक्षको सहयोग रहेमा मात्रै दुर्घटना न्युनिकरण हुने बताए । टिपरहरुले गल्ति गरेर भनेको नमानेमा कुनै पनि सम्झौता नभई कावाहि गरिने उनले बताए ।

प्रशिक्षण कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष सुरकृष्ण बैध, संस्थापक अध्यक्ष राजभक्त प्रधान, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक शेखरजगं मल्ल, सई राजेश दाहाल र ब्यवसायीहरु समेतको सहभागितामा रहेको थियो ।दुई दिनसम्म संचालन भएको प्रशिक्षणमा तीन सय भन्दा धेरै चालक र सहचालकहरु सहभागि भएको कार्यालय प्रमुख प्रकाश कायस्थले जानकारी दिए । ट्राफिकले पछिल्लो समय भ्याट बिल बिना निर्माण सामाग्री बोकेर आउने ट्रक र पानी चुहाउँदै आउने ट्रकहरुलाई कारवाही गरिरहेको जानकारी गराईएको थियो ।

प्रहरीले भ्याटको विल र जिल्ला समन्वय समितिको कर तिरेको रसिद लिएर निर्माण सामाग्री बोक्न चालकहरुलाई अनुरोध गरेको छ । ब्यवसायी र चालक बीचको सम्वन्ध बलियो बनाउँदै दुर्घटना न्युनिकरण प्रशिक्षण राखिएको अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।
चालकहरुले पानी चुहिने सामान विक्री नगर्न क्रसरहरुलाई निर्देशन दिनु पर्ने र कारवाही गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रम बाग्मति टिपर ब्यबसायी सघंका सचिव प्रेम लामाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्