विद्यालयमा सहयोग आएपछि गाउँलेको नाचगान



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक ।

विश्वकै धनी मुलुक भित्र पर्ने लक्जेम्वर सरकार, त्यहाँको रोटरी क्लव र अन्य संघ संस्थाको माध्यमबाट जिल्लाको तिमाल क्षेत्रको तत्कालिन संस्युखर्क गाविसको शिक्षा, सरसफाई र पिउने पानीमा भएको सहयोग पछिको खुशीमा स्थानीयहरुले नाचगान गरेका छन् ।

एईआईएन लक्जिम्वरको सहयोगमा रोटरी क्लव र लग्जेम्वर सरकार, नेपालमा रहेको टिडीएच जर्मनीको साझेदारीमा जिल्लामा रहेको ग्रामिण विकास संस्थाले संस्युर्खकमा भुकम्पबाट क्षति भएका सामुदायिक संरचनाको पुनर्निमाण, जिविका पुर्नरुत्थान, भुकम्प पछिको पुर्नलाभ, शैक्षिक वातावरणका लागि सहयोग गरेको छ ।

सोहि योजना अन्र्तगत जन चेतना उमावीमा साढे ७ लाख बराबरको तिन कोठे ट्रष्ट भवन, ७ लाख रुपैया बराबरको छात्र छात्राहरुका शौचालय निर्माण सम्पन्न भएको छ । त्यस्तै सोहि गाविसको मल्लविदेवी निमावीमा ३ लाखको सहयोगमो ३ कोठे ट्रष्ट भवन, १० लाख रुपैयाबाट शौचालय मर्मत, आकाशेपानी संकलनका लागि पक्कि पानी ट्याङ्कि, २ वटा घैटा निर्माण भएका छन् । सर्वाेद्धार मावीमा साढे ७ लाख बराबरको दुई कोठे ट्रष्ट निर्माण भएको छ । बालकल्याण निमावीमा ६४ लाख रुपैयाको ६ कोठाको २ तल्ले पक्कि भवन निर्माण भईरहेको छ ।

सोहि क्षेत्रमा पाँचवटा खानेपानी योजना मर्मत ट्याङ्कि निर्माण, पम्पिङ्क सहयोग गर्ने काम सम्पन्न भएको छ । पाँचवटा योजनाका लागि २७ लाख रुपैया खर्च भएको छ भने बाँकी ३ वटा योजनाका लागि ९ लाख ५० हजार रकम विनियोजन भएको छ । आधाबाटमा रहेको देविस्थान सिरानटोल अर्जुन चौतारा खानेपानी आयोजनाको लक्जेम्बर सरकारका राजदुत लगायतको टोलीले अवलोकन गरेको थियो । स्थानीयहरु मानबहादुर श्रेष्ठ, इन्द्र तामाङ, ढकलाल श्रेष्ठले खानेपानीको पानी ट्याङ्कि निर्माण र पम्पिङ्गको सहयोगले दुई सय घर परिवारलाई पुगेको सहयोगका बारेमा जानकारी गराएका थिए । तेमाल पानीका कारण बसाईसराई गर्न बाध्य भएको क्षेत्र हो ।

सोहि कार्यक्रम अन्र्तगत मल्लबी, जनचेतना र सर्वाेद्धारमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रावि तहमा ५० थान फर्निचर सहयोग भएको छ । ११ वटा विद्यालयलाई ह्वाईट बोर्ड, मार्कर, चार्ट, अध्यापनका लागि सहयोगी कितावहरु सहयोग भएको छ । ५० हजार लिटर क्षमताका ४० घर परिवारलाई ६ लाख रुपैया बराबरको प्लास्टिक पोखरी सहयोग, २ लाख १० हजारको ब्यवासायीक तरकारी खेतिका लागि २१ घर परिवारलाई प्लास्टिक टनेल सहयोग, १४ घर परिवारलाई १५ हजारका दरले बाख्रा वितरण, २१ घर परिवारलाई प्रति परिवार ४५ सयका दरले ९५ हजारको विउ विजन वितरण, १२ विद्यालयका लागि ५ हजारका दरले सरसफाईका लागि रुविस पिठ वितरण, २ वर्ष मुनिका बालबालिकाहरुका लागि चार किलोको दरले ९० हजारको सर्वाेत्तम पिठो सहयोग लगायतमा एक करोड १४ लाख बराबरको सहयोग गरेको ग्रामिण विकास संस्थाका सचिव डिएन तिमल्सिनाले बताए ।

संस्युखर्क गाविस हालको तेमाल गाउँपािलकामा गरिरहेको शिक्षा, खानेपानी र जीवीकोपार्जनका क्षेत्रमा गरिरहेको कामका बारेमा लग्जेम्वर सरकारका राजदुत लगायतको टोलीले अनुगमन गरेको छ । सोहि टोलीमा एआइएन लग्जेम्वरका अध्यक्ष, नेपाल स्थित प्रतिनिधि, रोटरी क्लव लग्जेम्वरका प्रतिनिधि, टिडिएच जर्मनी नेपालका नेपाल प्रमुख तथा उपप्रमुख, ग्रामिण संस्थाकाका प्रमुख तथा प्रतिनिधि, जिल्लाका संचारकर्मी, ग्रामिण विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सन् २०१६ देखि हालसम्म काम गरिरहेको कामका बारेमा टोलीले अनुगमन गरेको थियो । भुकम्पले भत्काएका घर, गोठहरु, सामुदायिक संरचनाहरु विद्यालय भवन, खानेपानी आयोजनामा ग्रामिण विकास संस्था मार्फत उक्त क्षेत्रमा पुर्ननिर्माणको काम भईरहेको छ ।

सन् २०१७ मा तीनवटा खानेपानी आयोजनाको काम शुरु भएको ग्रामिण विकास संस्थाका सचिव डिएन तिमल्सिनाले बताए । टोलीले ग्रामिण विकास संस्थालेसन् २०१७ मा ७२ लाख खर्च गरिने छ । अनुगमन टोलीलाई स्थानीय परम्परा अनुसारको बाजागाजा, लामा नाच लगायतको संस्कृतिबाट स्वागत गरिएको थियो । स्थानीयहरुले नाचगान गरेर सहयोग पछिको परिवर्तित अवस्थाबाट खुशी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्