एक हजार पशु चौपायाको निःशुल्क उपचार


लहान, १३ चैत । सिरहाको लहान नगरपालिका–१८ भदैयामा सञ्चालित पशु स्वास्थ्य शिविरमा करिब एक हजारभन्दा बढी पशुचौपायाको निःशुल्क उपचार गरिएको छ ।

वडा कार्यालयको सहयोगमा राष्ट्रिय कृषक समूह महासङ्घद्वारा गत बिहीबारदेखि शनिबारसम्म सञ्चालित उक्त शिविरमा गाईभैँसी, बाख्रालगायत करिब एक हजारभन्दा बढी पशु चौपायाको निःशुल्क उपचार गरिएको कृषक समूह महासङ्घका रामसेवक रामले जानकारी दिनुभयो ।

शिविरमा पशु चौपायामा लाग्ने पिपिआर, नाम्ले, जुका, एचएसबीक्युलगायत रोगविरुद्धको खोप लगाउनाको साथै गाई, भैैंसी, बाख्रालगायतमा हुने बाँझोपनको समस्याको समेत उपचार गरिएको रामले बताउनुभयो । शिविरका क्रममा सरकारले ल्याएको पशु बिमा कार्यक्रमबारे समेत कृषकलाई जानकारी दिइएको थियो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।