विद्यार्थीको दन्त परीक्षण



पाल्पा, (नेस)

पाल्पा लायन्स क्लबको आयोजना तथा युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा बौघापोखराथोकमा एकदिने दन्त परीक्षण सम्पन्न भएको छ।

रैनादेवी प्रावि, बौघापोखराथोकमा भएको दन्त परीक्षणमा युनाइटेड मिसन अस्पतालका वरिष्ठ दन्त चिकित्सक डा. रोशन खरेल र दन्त चिकित्सक डा. शिशिर गैरेले प्राविधिक सहयोग गरेका थिए। ४५ जना विद्यार्थीको दन्त परीक्षण गरिएको कार्यक्रममा विद्यार्थीलाई ब्रस गर्ने तरिकाको बारेमा युनाइटेड मिसन अस्पतालका वरिष्ठ दन्त चिकित्सक डा. रोशन खरेलले प्राविधिक ज्ञान प्रदान गरेका थिए। तानसेन नर्सिङ स्कुलका शिक्षिका यस्टर खरेलबाट शारीरिक स्वास्थ्य परीक्षणपश्चात सम्पूर्ण विद्यार्थीलाई टुथपेस्ट र ब्रस निःशुल्क प्रदान गरिएको थियो।

पाल्पा लायन्स क्लबका अध्यक्ष शशी श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लब डिस्ट्रिक ३ सय २५ बी २ का लायन्स क्वेस्ट कमिटीका डिस्ट्रिक चिफ सुशील प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर सोमरे, प्रधानाध्यापक वसुन्धरा केसी, वरिष्ठ दन्त चिकित्सक डा. रोशन खरेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्