बाजुरामा ६९ मतदान केन्द्र सिफारिस



Person voting

दयाराम पण्डित, बाजुरा

जुरा जिल्ला मतदान केन्द्र पुनरवलोकन समितिले स्थानीय तहको निर्वाचनका लागि ६९ वटा मतदान केन्द्र सिफारिस गरी पठाएको छ। संविधानसभाको निर्वाचनमा रहेका ७४ वटा मतदान केन्द्रमध्ये ५ वटा घटाएर ६९ वटा केन्द्र सिफारिस गरेको निमित्त निर्वाचन अधिकारी मानबहादुर थापाले बताउनुभएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही संयोजक रहेको समितिको बैठकले भूगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न सिफारिसका लागि निर्वाचन आयोगमा पठाएको कम्प्युटर अप्रेटर दुर्गा थापाले बताउनुभयो। जसमा सबैभन्दा बढी १० र १ वटा केन्द्र बूढीनन्दा र बूढीगंगा नगरपालिकामा रहेका छन् भने बडिमालिका र त्रिवेणी नगरपालिकामा ९÷९ वटा मतदान केन्द्र निर्धारण गरिएको थापाले जानकारी दिनुभएको छ।

यसै गरी हिमाली, छेडेदह गाउँपालिकामा ७÷७ वटा, गौमूल र पाण्डव गुफा ६÷६ वटा र स्वामीकार्तिक गाउँपालिकामा सबैभन्दा कम ५ वटा मतदान केन्द्र सिफारिस गरिएको जिल्ला निर्वाचन पुनरवलोकन समितिका संयोजक भीमबहादुर शाहीले बताउनुभयो।

जसमा बिच्छ्या मावि, ठूलाकोट निमावि, गंगा निमावि बैडी, शैलेश्वरी मावि फैती, मंगलमय निमावि, नदापाटा, मालिका मावि धिम र जनता निमावि बाँधु सिफारिस गरिएको छ। छेडेदह गाउँपालिकाअन्तर्गत काँडा मावि काँडा, मालिका मावि गाँज्रा, धनाल्त प्रावि धनाल्त, खापरदेवस्थली मावि गुदुखाती, मष्टेश्वरी मावि डोगडी, व्रह्मदेव प्रावि मैतोला र सरस्वती मावि लम्गाउँ गरी ७ वटा केन्द्र सिफारिस गरिएको शाहीले जानकारी दिनुभयो।

स्वामीकार्तिक गाउँपालिकामा भगवती प्रावि रुडी, विन्दासैन प्रावि फयालगाउँ, गाविस भवन जुकोट, स्वामीकार्तिक मावि वाई र भैरवनाथ मावि जेरा गरी ५ वटा केन्द्र तोकिएको छ। पाण्डवगुफा गाउँपालिकामा सरस्वती मावि ढाडाकोट, बाल विकास निमावि हुनी, कैलाश मावि महती, देवलकोट मावि गोत्री १ र २ गरी ६ वटा मतदान केन्द्र सिफारिस गरिएको छ।

गौमूल गाउँपालिकाअन्तर्गत अम्लिस मावि अम्लिस, पदमपुर निमावि तल्दुगन, बालविकास मावि माझपाली, गाविस भवन मानाकोट र थला मावि मानाकोट गरी ६ वटा मतदान केन्द्र सिफारिसमा छन्। बूढीनन्दा नगरपालिकाअन्तर्गत बाँधु मावि भारती कौशाडी १, २, ३, जनप्रकाश प्रावि कोल्टी, पञ्चलक्ष्मी निमावि सिराडी, देवलडाँडा मावि कुरु, वागेश्वरी निमावि कोटिला, नन्देश्वरी निमावि पीपलचौर, घटाल प्रावि नौलाकोट, सत्यमावि पाण्डुसैन, हिमाली निकावि अँगाउँपानी गरी १० वटा मतदान केन्द्र सिफारिस गरिएको छ।

बूढीगंगा नगरपालिकाअन्तर्गत धुरालसैन मावि डुंगी, उपस्वास्थ्य चौकी ब्रह्मतोला, गाविस भवन ब्रह्मतोला, भानुदय मावि १ र २ नौबिस, तल्लो सारेदेउ हुलाक कार्यालय, शारदा मावि बडेलीचौर, त्रिशक्ति मावि १ र २ तल्लाकोट र सिँगाडा मावि सिँगाडा गरी १० केन्द्र सिफारिस गरिएको छ।

यसै गरी त्रिवेणी नगरपालिकाअन्तर्गत नवज्योति प्रावि ल्वाढुंगा, त्रिभुवनेश्वरी मावि छतारा, मष्टेश्वरी प्रावि पूर्वता, तोली देवलडाँडा मावि तोली, रामेश्वरी निमावि तोली, नाटेश्वरी मावि खिरपाटा, नवदुर्गा प्रावि झालगाउँ, खिन्नै सत्यदेवी निमावि बाँगापाटा गरी ९ वटा केन्द्र सिफारिस गरिएको छ।वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ। सिफारिस गरिएका केन्द्र स्वीकृत भई आएमा जिल्लामा ६९ वटा मतदान केन्द्रमा चुनाव हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनका लागि जिल्लामा ९ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त निर्वाचन अधिकारी मानबहादुर थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्