पसलमा आगलागी, लाखौंको क्षति



विराटनगर, ४ चैत । विराटनगर– १४ स्थित एक चप्पल पसलमा आगलागी भएको छ ।

विराटनगर–७ का विक्रम साहले स्थानीय कुलदीप साहको घरमा सञ्चालन गरेको पूmट प्रिन्ट जुता–चप्पल पसलमा आगलागी भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

बन्द पसलभित्र सो आगलागी हुँदा जुता, चप्पल पूर्णरुपले जलेर नष्ट भएका छन् । प्रहरी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको छ । उक्त घटनामा क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताइएको छ ।

मोरङमा निर्वाचनको तयारी

यसैगरी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनको तयारी मोरङमा तीव्रगतिमा भइरहेको छ ।

जिल्लाका एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकामा गरिने निर्वाचनका लागि तयारीको काम भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

जिल्लामा अनुमानित पाँच लाख ७२ हजार मतदाताका लागि तीन सय १० वटा मतदान केन्द्रको माग केन्द्रीय कार्यालयसँग गरिएकोे क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख भक्तबहादुर भट्टराईले जानकारी गराउनुभयो ।

मतदान केन्द्रका लागि आवश्यक पर्ने जनशक्ति परिचालन गर्नका लागि विभिन्न कार्यालयसँग कर्मचारीका विवरण माग गरिएको बताउँदै उहाँले मतदाता शिक्षा कार्यक्रम र तालिम लगायतका कार्यक्रम सञ्चालनको तयारी पनि भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्