हिस्तानका दुई विद्यार्थी वेपत्ता



म्याग्दी, २ चैत । म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन् ।

दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्किएका उनीहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि, रीमा स्रोतकेन्द्रका स्रोतव्यक्ति भरतकुमार पुनले जानकारी दिनुभयो । विद्यालय पोशाक र झोलासहित रहेका उनीहरु घर नगएपछि अभिभावक र शिक्षकले प्रहरीमार्फत खोजी गरिरहेका छन् ।

खोजी गर्ने क्रममा उनीहरुले मङ्गलबार साँझ पर्वतको मल्लाज लामाखेतमा रहेका आफन्तकहाँ झोला राखेको पाइएको छ । तर उनीहरुको अवस्था पहिचान हुन नसकेकाले प्रहरीमार्फत खोजी तीव्र पारिएको स्रोतव्यक्ति पुनले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्