रसुवामा क्रियाशिल राजनीतिक दल आन्तरिक छलफलमा



रसुवा, (नेस) ।

स्थानीय तहको चुनाव नजिकिदै गर्दा जिल्लामा क्रियाशिल राजनीतिक दल आन्तरिक छलफलमा जुटेका छन् ।

बैसाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि रसुवाका राजनीतिक दल आन्तरिक छलफलमा जुटेका हुन् । चुनावको विषयमा पार्टीमा आन्तरिक छलफल गर्न तथा गाँउवस्तीमा चुनावको माहोल बढाउनका लागि काठमाण्डौमा वसोवास गरिरहेका जिल्ला स्तरका नेता तथा कार्यकर्ता जिल्ला फर्किएका छन् ।

चुनावमा भाग लिनका लागि दर्ता भएका नौ वटा दल आन्तरिक छलफलमा व्यस्त भएका छन् । विशेषगरी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस र नँया शक्ति पार्टी नेपाल आन्तरिक छलफल सकाएर गाँउमा अभियान लिएर जाने तयारीमा छन् ।

काठमाण्डौ तथा अन्य क्षेत्रमा वसोवास गरिरहेका नेता तथा कार्यकर्ता जिल्ला फर्किएर सदरमुकाम, वजार केन्द्र तथा गाँउका चियापसल तथा चौतारीमा वसेर छलफलमा जुटेका नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल लामाले वताउनुभयो । चुनावमा रसुवाका २७ हजार ५४३ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकृत नविन खालिङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्