हिमपातले जेठमै भोकमरी हुने निश्चित



ललित सिंह, बझाङ

तीन दिनसम्म पानीसँगै परेको हिमपातले जिल्लाका विकट ग्रामीण भेगका दुई दर्जनभन्दा बढी गाउँका बासिन्दालाई जेठ महिनामै भोकमरी नित्याएको छ। हिमपातले स्थानीयले वरिपरिसमेत गर्न पाएका छैनन्। जनजीवन निकै कष्टकर बनाएको छ।
वर्षासँगै परेको हिमपातले लेकाली भेगका बासिन्दाले लगाएको हिउँदे बाली गहुँ, जौ र उवालगायतका अन्नबालीको बोट भाँचेर सखाप पारेपछि धुली, लाफरी, काया, धलौन, धामीगाउँ, तुती, धनातोली, रजाडा, बाडेगाउँ, सैनगाउँलगायत उच्च हिमाली भेगका गाउँका बासिन्दालाई हिउँदे बाली भिœयाउने समयमा भोकमरी हुने भएको छ भने चिसाको कारण हिमपातपछि जनजीवन कष्टकर बनेको छ।

‘गाउँमा निकै हिमपात भएको छ, खेतमा लगाएको हिउँदे बाली गहुँ र जौका बोट आँख्ली भएकाले अब बाली दोस्रोपटक उम्रिदैन खेतभरि पूरै हिउँले ढाकेको छ’ –मष्टा गाविस–५ तुतीका रणबहादुर बोहराले बताए। उनले भने– ‘एक त हिउँदे बाली निकै कम फल्ने हुन्थ्यो त्यसैमा फागुनको अत्यमा हिमपात भएको छ, खेतमा दुई फिटभन्दा बढी हिउँ जमेकाले जेठमा बाली भियाउने समयमा गाउँमा भोकमरी हुने पक्का भएको छ।’ कहिले पानी नपरेर सुख्खा खडेरी हुने गर्छ कहिले बाली टुसाउने समयमा हिमपात भएर खेतबारीमा लगाएको बाली भिœयाउने समयमा हिउँले डसेर सखाप पार्ने भएकाले बेंसीतिरका बासिन्दाले बाली भिœयाउने समयमा आफूले खाद्यान्न पसल र संस्थानबाट ल्याउनु परेको काँडा गाविस–७ धुलीका कन्जु भण्डारीले बताए। उनले भने– ‘गाउँमा फल्ने भनेको उवा मात्र हो गहुँ बाली निकै कम फल्ने हुन्छ, यसपालिको हिउँ त चैत्र महिनाभरि जाँदैन होला। हिउँले खेतको आली नै देखिँदैन। जता हेरे पनि सेताम्मे मात्र देखिन्छ।’

‘चिसो निकै बढेको छ पुस र माघ भन्नु मात्र हो, घाम नदेखेका ५ दिन भयो, दाउराको भरमा गाउँका बासिन्दाको सास अडेको छ’ –मेलबिसैना गाविस–९ पनाल्त गाउँका जहरे बोहराले बताए। जिल्लाका उच्च हिमाली भेगमा पटकपटक यसअघि परेको हिमपातले हिउँदे बाली राम्रो भए पनि फागुनको अन्त्यतिर परेको हिउँले दुर्गम गाउँमा निकै समस्या भएको स्थानीयको गुनासो छ। सधंै खाद्यान्नको भरमा निर्भर हुने यस भेगका बासिन्दा यो वर्ष जेठ महिनामै खाद्यान्न खरिद गर्न बाध्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्