सैनिक तालिम समापन



नेपाल समाचारपत्र
काठमाडौं

रक्षामन्त्रालय र नेपाली सेनाले संयुक्त रूपमा सञ्चालन गरेको दोस्रो उच्च स्तरीय राष्ट्रिय सुरक्षाको रक्षामन्त्री बालकृष्ण खाणले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेजमा एक समारोहबीच समापन गर्नुभएको छ।

रक्षामन्त्री खाणले तालिमबाट सिकेको ज्ञानले आगामी दिनहरूमा कार्यकुशलता र कार्य सम्पादन क्षमतामा थप अभिवृद्धि हुन गइ राष्ट्र र जनताप्रतिको सेवा प्रवाहमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।
वहाँले तालिमका सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गर्नुभएको थियो।

फागुन १७ गतेबाट सञ्चालन भएको उक्त तालिममा सरकारका विभिन्न निकायका पदाधिकारीहरू तथा नेपाली सेनालगायत अन्य सुरक्षा निकायका अधिकृतहरू गरी १८ जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्