जबरजस्ती बन्द गराउँदै हिँड्ने ९६ पक्राउ



काठमाडौं, (नेस)
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आ≈वान गरेको नेपाल बन्दको क्रममा जबरजस्ती बन्द गराउन खोज्ने, जबरजस्ती गाडी रोकी अवरोध पुर्याउनेलाई प्रहरीले पक्राउ गरी शुक्रबार साँझ छाडेको छ।

प्रहरीले काठमाडौंबाट २९ जना पुरूष र ४ महिला, ललितपुरबाट ३७ पुरूष र ६ महिला, भक्तपुरबाट ९ पुरूष, गोरखाबाट ५ पुरूष, बाग्लुङबाट २ पुरूष र झापाबाट ४ पुरूष गरी ८६ जना पुरूष र १० जना महिलालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ।

मोर्चाले आयोजना गरेको बन्द तराईका जिल्लामा परे पनि राजधानीलगायत पहाडी जिल्लामा भने बन्दको प्रभाव न्युन परेको थियो।

प्रतिक्रिया दिनुहोस्