रसुवामा हिमपातः चिसो बढेपछि भुकम्प प्रभावितको जीवन कष्टकर



रसुवा, फागुन २७
रसुवाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण भुकम्प प्रभावितको जीवन कष्टकर वनेको छ ।

विहिबार रातीदेखि पानी परेकोमा आज विहानबाट हिमपात समेत भएको हो । हिमपातसँगै चिसो बढेपछि महिला वृद्धवृद्धा तथा वालवालिका मारमा परेका छन् ।

जिल्लाको उत्तरी भागमा पर्ने सदरमुकाम धुन्चे सहित लाङटाङ, गत्लाङ, थुमन, वृद्धिम, हाकु, स्याफ्रुको उत्तरी क्षेत्रमा हिमपात भएको हो । पार्वतीकुण्ड गाँउपालिका–३ गत्लाङका नविन लामाका अनसार गत्लाङमा आज विहानै देखि हिमपात हुँदा गत्लाङवासीको जीवन प्रभावित भएको छ ।

भुकम्प गएको २३ महिना वित्न लाग्दा समेत भुकम्प प्रभावित टहरामा नै वस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्