अज्ञात मानिसको धारिलो हतियार प्रहारबाट एकको मृत्यु, एक गम्भिर घाइते



रौतहट, २२ फागुन ।
अज्ञात मानिसले धारिलो हतियार प्रहार गर्दा कनकपुर–२ बस्ने २५ बर्षीया श्रीमती सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको छ । घाइते हुनेमा सहजानको श्रीमान ३० बर्षीय शेख खजुर हुन् ।

घरमा चोर आएको भन्ने हल्ला–खल्ला भएकोले शेख खजुर बाहिर निस्की हेर्दा कोही देखा नपरे पश्चात फर्की आई घर भित्र पस्ने क्रममा ढोकाको छेउँमा लुकीछिपी बसेको अपरिचित १ जना व्यक्तिले शेखको टाउकोमा धारिलो हतियार प्रहार गरी मध्यम घाईते बनाएको र शेखको श्रीमती सहनाज खातुनलाई सुतिरहेको स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएकोमा घाईतेहरुलाई उपचारको लागि चुरेहिल अस्पताल मकवानपुर लगेकोमा उपचारको क्रममा सहनाज खातुनको मृत्यु भएको हो ।

फरार अभियुक्तको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्