कक्षा ११ को परीक्षा सर्यो



काठमाडौं, (नेस)। कक्षा ११ को परीक्षा २०७४ असार १ गतेदेखि सञ्चालन हुने भएको छ। शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा सञ्चालक समितिको बैठकले परीक्षाको नयाँ मिति सार्वजनिक गरेको हो। परीक्षा ११ गते सम्म सञ्चालन हुनेछ।

कक्षा १२ को परीक्षा भने यथावत रहेको छ। स्थानीय निकायको निर्वाचन अघिनै १२ कक्षाको परीक्षा सम्पन्न हुने भएकाले १२ को परीक्षालाई यथावत राखिएको बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा वैशाख १२ गते नै सम्पन्न हुनेछ। यस अघि वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्मका लागि तय भएको कक्षा ११ को परीक्षा निर्वाचनको समयमै परेपछि सार्नु परेको हो।

प्रतिक्रिया दिनुहोस्