संविधान कार्यान्वयन र निर्वाचनको लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका, डा. विष्ट



पुष्कर बुढाथोकी,भक्तपुर

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले संविधान कार्यान्वयन र निर्वाचनको लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रफत सञ्चार क्लव भक्तपुरमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष डा. विष्टले पत्रकार महासंघले निर्वाचनका सवालमा सकारात्मक भुमिका खेलिरहेको बताउँदै देशभर निर्वाचनको वातावरण बनाउने कार्यमा भुमिका खेल्न सबै पत्रकारलाई आग्रह गर्नुभयो ।

उहाँले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाका लागि महासंघले महत्वपूर्ण भुमिका खेलेको बताउँदै आफनो कार्यकालमा पत्रकारको स्वास्थ्य बीमा,ज्येष्ठ पत्रकार सम्मान लगायतका कार्य भएको बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन नभए देश गम्भिर संकटमा पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्