टुक्रे योजनाका लागि टोलमा बाझाबाझ



हेटौंडा,(नेस)। हेटौंडा उपमहानगरपालिकाले गरेको वडास्तरीय योजना तर्जुमा भेलामा विकासका लागि विवाद सिर्जना हुने गरेको छ । वडाअन्तर्गत् पनि टोलगत स्वार्थका कारण यस्तो बाझाबाझ भएको हो ।

उपमहानगरपालिकाले गरेको वडास्तरीय भेलाहरुमा साना विकास कार्याका लागि बाझाबाझको स्थिति देखिएको छ । साविक पदमपोखरी गाविस २, ३, ६ नम्बर वडा मिलेर बनेको हेटौंडा उपमहानगरपालिका १५ मा वडास्तरीय योजना तर्जुमा गर्दा सबै माग तथा योजना साविकका वडाबाट छुट्टाछुट्टै आएका थिए । आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा गोष्ठीमा वडावासी टुक्रे योजनामा सीमित देखिन्छन् ।

दीगो तथा समानुपातिक नभई भागबण्डामा योजना तयार भएको देखिन्छ । अधिकांश योजना सडकलाई नै प्राथमिकतामा राखेर निर्माण तथा त्यस्तै किसिमको माग भइरहेको छ । उपमहानगरपालिकाले तोकेको २० लाख रुपिया“ बजेटभित्रको योजना निर्माण गर्दा हेटौंडा–१५ मा त्यसको लागु भएको देखि“दैन ।

वडाको वर्ग हेरेर उपमहानगरले सबै २९ वटा वडामा कम्तिमा ३ लाखको एउटा योजना निर्माण गर्न अनुरोध गरे पनि अधिकांश वडामा टुक्रे योजना बढी बनाइने गरेका छन् । उपमहानगरले जनसंख्याका आधारमा वडाको वर्गीकरण गरेको छ ।

योजना निर्माण गर्दा प्राथमिकतामा परेका सडक योजना २० मिटर, २५ मिटर ग्राभेल, पिच स्ल्याब ढलान जस्ता टुक्रे योजना देखिन्छन् । यस्ता योजनाले दीगो विकास नभए पनि सरकारले जनताको चाहनाअनुसार नै काम गर्न निर्देशन दिएकाले उपमहानगरलाई समेत अप्ठ्यारो सिर्जना भएको योजना निर्माण समिति बजेट संयोजक तथा हेटौंडा उपमहानगरपालिकाका शहरी विकास, वातावरण तथा अनुसन्धान महाशाखा प्रमुख बीके महर्जनले बताउनुभयो ।

हेटौंडा–२८, बसामाडी लेवट तथा हेटौंडा–२३, हर्नामाडीमा पनि वडास्तरीय योजना तर्जुमा गोष्ठी भए । आगामी वर्षको विकास निर्माणका लागि तयार पारिने योजना अर्थात् स्थानीय निकाय समक्ष पेश गरिने माग अधिकांश वडामा टुक्रे बजेट तथा सडक सञ्जालमा बढी प्रयोग हु“दा वडाको दीर्घकालिन विकासमा प्रभाव पार्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्