युवती बलात्कार गर्ने समातिए, अर्की महिला मृत भेटिइन्



अनिल खत्री, गुल्मी । बाइस बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिशुखर्क गाविस –९ का ७३ बर्षिय चुन्न प्रसाद रानालाई पक्राउ गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले जानकारी दिए ।

पीडित युवतीको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । आरोपित रानालाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यसैबीच दोहली गाविस वडा नं ६ को हुलमा एक महिलाको शव भेटिएको छ । शव पौदी अमराई ७ ढाँडकी ७५ बर्षिय सीता बस्नेतको रहेको प्रहरीचौकी इस्मा मैदानले जनाएको छ ।

बिहिबार दोहली ७ खुगमा रहेकी छोरी भेट्न हिडेकी उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए । उनका आफन्तका अनुसार उनी प्रेसरको रोगी रहेकी थिइन । मृतकको साथबाट ९५ हजार रुपियाँ समेत फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्