मानवता र लोकतन्त्रविरोधी कृयाकलापको विरोधमा चित्रकला



पुष्कर बुढाथोकी, भक्तपुर, (नेस) ।

ग्रामीण क्लब हाउस नेपालले भक्तपुरको सल्लाघारीमा एक दिने चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।

उत्तरकोरियामा भैरहेको मानवता र लोकतन्त्र बिरोधी कृयाकलापबारे नेपाली नागरिकलाई स्थानीय स्तरमै जानकारी दिने र सचेत गराउने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना गरिएको क्लब हाउसले जनाएको छ ।प्रदर्शनीमा अन्तराष्ट्रिय मानवीय कानुन बिरुद्घ कोरियामा भैरहका सरकारी कदमबारेका ४२ थान चित्र प्रदर्शनीमा राखिएको क्लब हाउसका अध्यक्ष मुकुन्द सुबेदीले बताउनुभयो ।

चित्रका माध्यमबाट उत्तरकोरियामा भैरहेको अन्तराष्ट्रिय युद्घ अपराधबारे सचेत गराउन र उत्तरकोरियामा भैरहेको युद्घ अपराध बिरुद्घ नेपालीको एैक्यबद्घता सिर्जना गर्न चित्रकला प्रदर्शनी प्रभावकारी हुने उहाँले बताउनुभयो ।

प्रदर्शनी यस अघि उपत्यकाका लगखेल,पाटनढोका,सुन्धारा,महाराजगन्ज,नयाँ बानेश्वर लगायतका ५ ठाउँमा सम्पन्न भैसकेको बताउँदै यसलाई देशका बिभिन्न स्थानमा समेत प्रदर्शनी गरिने अध्यक्ष सुबेदीले बताउनुभयो ।प्रदर्शनीको नेपाली कांगे्रसका युवा नेता तथा तरुण दलका पुर्ब अध्यक्ष बिनोद कायस्थले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्