चुलाचुलीमा नृत्य प्रतियोगिता



इलाम, (नेस)।
जिल्लाको चुलाचुलीमा नृत्य प्रतियोगिता भएको छ । गत शनिबार बालज्योति माविमा सो प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको नृत्य तथा गायन प्रतियोगिता भएको थियो ।

चुलाचुलीको सान, कला सँस्कृतिको खोज अभियान भन्ने नाराका साथ भएको गायनतर्फको प्रतियोगिता चुलाचुली ताराको विजेता यूसन राई भएका छन् भने चुलाचुली डान्स् रियालिटीको विजेता कोशिला राई बनेकी छन् ।

गत माघ १० गतेदेखि जारी चुलाचुली महोत्सब मूल आयोजक समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा नृत्य तर्फ संगिता साम्वा दोस्रो र अनिसा लिङ्दम्बु तेस्रो तथा गायनतर्फ सागर राई दोस्रो तथा जेम्स् लिम्बु तेस्रो भएका छन् । नृत्यमा र गायनमा पहिलो हुनेले १७ हजार पाँच सय नगद सहित १० तोला चाँदीको ट्रफि प्रमाणपत्र र सिल प्राप्त गरेका थिए ।

नृत्यमा र गायनमा प्रथम हुनेले ६ महिना निशुल्क नृत्य तथा गायन सिक्ने अवसर प्राप्त गर्ने आयोजक समितिका सचिव कैलाश थुलुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्