जोखिममा परेका १ सय २६ बालवालिकालाई आर्थिक सहयोग



रसुवा, फागुन १०

रसुवामा जोखिममा परेका एक सय २६ जना वालवालिकालाई मानेकोर सोसाइटी नेपालले आर्थिक सहयोग गरेको छ ।

भुकम्पका कारण अति जोखिममा परेका एक सय २६ जना वालवालिकालाई ६ हजारका दरले आर्थिक सहयोग उपलव्ध गराएको हो ।

गाँउ वाल संरक्षण समितिको सिफारिसमा सस्थाको कार्य क्षेत्र रहेको ८ वटा गाविसका वालवालिकालाई सहयोग रकम उपलव्ध गराइएको सस्थाका वाल संरक्षण अधिकृत रन्जिता श्रेष्ठले वताउनुभयो ।

थुमनमा ११, यार्सामा ४५, सरमथलीमा ४४, स्याफ्रुमा ६ जना, गोल्जुङ ६, गत्लाङ ८ चिलिमेमा ६ जनालाई सहयाग रकम उपलव्ध गराइसकेको सस्थाले जनाइएको छ । उक्त सहयोग रकमले वालवालिकाको आधारभूत आवश्यकता पुरा गर्ने विश्वास गरिएको छ ।

आगामी दिनमा बृद्धिममा ४ जना र चिलिमेमा पुनः अन्य ४ जनालाई सहयोग गरिने वताइएको छ । सेभ द चिल्ड्रेन को आर्थिक सहयोगमा सस्थाले रकम प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्