एनआईसी एसिया बैंकद्वारा शेयरको बिक्री सूचना रद्द



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले बैंकको स्वामित्वमा रहेको म्युचुअल फन्ड तथा शेयरको बिक्री बोलपत्र आह्वान रद्द गरेको छ। बैंकले बुधबार सूचना जारी गरी बिक्रीको बोलपत्र आह्वानका निम्ति सूचना प्रकाशित गरेको भए पनि बिहीबार बैंकले अर्को सूचना जारी गर्दै अघिल्लो दिनको सूचना रद्द गरेको जनाएको हो।

आठ वटा म्युचुल फन्डमा बैंकको स्वामित्वमा रहेको २ करोड २१ लाख ११ हजार ४८० इकाई र नेसनल लाइफ इन्स्योरेन्सको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भन्दै बैंकले सूचना प्रकाशित गरेको थियो। साथै बैंकले शेयर बजारमा नकरात्मक असर पुर्याउने, त्रास फैलाउने र शेयर बजारलाई ओरालोतिर लैजाने कुनै उद्धेश्य नरहेको उल्लेख गर्दै बैंकको सीसीडी अनुपात नेपाल राष्ट्र बैकले तोकेको सीमाभित्रै रहेको तथा तरलतासम्बन्धी कुनै रहेको दाबी गरेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेका सूचकांकहरूमा कुनै खराबी नरहेको तथा बैंकको वित्तीय अवस्थासमेत स्वस्थ रहेको बैंकले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्