रसुवामा आज एक घण्टा कलम बन्द



रसुवा, (नेस)। रसुवामा स्थानीय निकायमा कार्यरत कर्मचारीले आज एक घण्टा कलम बन्द गरेका छन् ।  स्थानीय तहको निर्वाचन छिटै घोषणा गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै स्थानीय निकाय कर्मचारी संयुक्त संघर्स जिल्ला समन्वय समिति रसुवाको आह्वानमा जिल्ला विकास समिति र गाँउ विकास समितिमा कार्यरत कर्मचारीले आज एक घण्टा कलम बन्द गरेका हुन् ।

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा कर्मचारी समायोजन गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने, अस्थायी कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै विहान १० वजेदेखि ११ बजेसम्म कलम वन्द गरिएको सयुंक्त संघर्ष समितिका अध्यक्ष लिलानाथ नेपालले बताउनुभयो ।

अध्यक्ष नेपालका अनुसार भोली तीन घण्टा कलम बन्द गरिने र फागुन १ गते गाविस तथा जिविस पुरै दिन बन्द गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्