धरौटी राखेर भारत जाने ३० जनाभन्दा बढी ठगीको सिकार



रसुवा, २४ माघ ।
रसुवाको सरमथली–६ कि अनिता तामाङ मोक्तान गाउँमा २ लाख ऋण खोजेर भारत जानुभयो । साथीहरुले राम्रो कमाइ हुन्छ भनेर उक्साए पछि उहाँ गाउँमा ऋण खोजेर भारत जानुभएको हो ।

भारतको वनारसमा पुगेपछि उहाँ छागाबाट खसेजस्तै हुनुभयो । धेरै कमाउने आशामा भारत जानुभएको तामाङ त्यहा गएपछि खान अनि वस्न पनि आफ्नै खर्चले गर्नपर्ने भएपछि एक हप्तामा नेपाल फर्कनुभयो । तर उँहा नेपाल फर्किए पनि उँहाको दुई लाख भने अहिलेसम्म फर्किएको छैन् । ‘अव त म कहिले पनि जादिन, फसेको दुई लाख उठाउनका लागि कुरा गरिरहेको छु तामाङले भन्नुभयो ।

तामाङ मात्र होइन यसरी दुई लाख गुमाउने रसुवामा ३० जनाको हाराहारीमा छन् । जिल्लाको सरमथली, यार्सा, हाकु तथा राम्चेका महिला तथा पुरुष ठगिको सिकार वनेका छन् । राम्रो कमाइ हुने आशामा भारत पुगेका उनिहरु २५ देखि ४५ वर्ष उमरेका रहकेका छन् । यसरी ठगिमा परेपनि उनिहरु उजुरी गर्न भने कतै गएका छैनन् ।

तामाङका अनुसार भारत गएपछि एक हप्ताको तालिम सञ्चालन हुन्छ । बाटो चिनेकाहरु एक हप्ता नपुग्दै वनारसबाट भाग्ने गरेका छन् भने बाटो नचिनेकाहरु भने एक हप्तासम्म वस्ने गरेका छन् । एक हप्ताको तालिम लिएपछि गाँउमा फर्किएर पाँच जना सदस्य वनाएर लैजानुपर्ने नियम छ । वनारसमा ५ सय ९० जना नेपाली पुगेका छन् । त्यहा पुग्नेहरुमा रसुवा सहित मकवानपुर, सिन्धुपाल्चोक लगायतका जिल्लाका रहका छन् । त्यहाँ गएर के गर्नुपर्छ भनेर फर्किएकाहरु पनि खुलाउन चाहादैनन् ।

प्रतिक्रिया दिनुहोस्