संविधान संशोधन भए मात्र निर्वाचन



गौशाला, २१ माघ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान अवस्थामा स्थानीय निकायको चुनाव नहुने जिकिर गर्नुभएको छ ।

फोरम महोत्तरीको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले ‘स्थानीय तहको संरचना र प्रतिवेदन मधेसकेन्द्रित दललाई मान्य नभएकाले’ स्थानीय तहको निर्वाचन नहुने ठोकुवा गर्नुभयो ।

संविधान संशोधन भए मात्र निर्वाचन
राजविराज– मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै निर्वाचन सम्भव हुन नसक्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले संविधान संशोधनबिना निर्वाचन गर्न खोजिए मुलुकमा झन् द्वन्द्व बढ्न सक्ने खतरा औँल्याउनुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्