सरमथलीमा मेलमिलापले विद्यालयको मुहार फे¥यो



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक ।
विद्यालयमा पानी नहुँदा विद्यार्थीहरु शौच जान त परै जाओस् पिउनलाई समेत संकट भएपछि विद्यालयले पानी बोक्नकै लागि नियुक्ति गरिएका परिचर समेतको ज्यान जोखिममा प¥यो । लामो भिरको बाटो रोशीखोलाबाट पानी बोकेर विद्यालयमा पु¥याउँदा अरुको ज्यान त बच्थ्यो होला उनकै ज्यानको भने आश थिएन ।

सरमथली गाउँ विकास समितिको वडा नम्बर १ मा रहेको भुमे मावीको समस्या हो यो । करिव चार सय विद्यार्थीहरुका लागि पिउने पानी, शौच गर्ने र सरसफाईका लागि समेत पानीको श्रोत कतै थिएन । विद्यालयले नियुक्ति गरेका परिचर प्रेमप्रसाद पन्तले दैनिक केहि गाग्रो पानी त ल्याउँथे तर भिरको बाटो सधै उनलाई लडेर मर्ने डर थियो । तर पनि विद्यार्थी तथा शिक्षकहरुले समेत पर्याप्त पानी उपभोग गर्न पाएका थिएनन् ।

विद्यालय छेउमा रहेका धाराहरु पनि भुकम्पका कारण सुकेपछि विद्यालय र त्यसको आसपासको क्षेत्र संकटमा प¥यो । वडा नम्वर १ र २ मा अन्यत्रबाट ल्याएको पानीको श्रोत प्रयोग हुन थाल्यो विद्यालयमा वडाबासिहरुले दिन चाहेनन् । त्यसको कारण थियो विद्यालयले लगानी गरेको छैन ।

विवाद बढ्दै जाँदा विद्यार्थीहरु खानेपानीबाट बञ्चित त भए नै विवाद समेत टुङ्गिन सकेन । जब सरमथली गाउँ विकास समितिमा सामुदायिक मेलमिलाप केन्द्रले उक्त विवादका बारेमा जानकारी प्राप्त ग¥यो तब विवादको समाधान भयो । उक्त विद्यालयमा अहिले दुईवटा ट्याङ्कि मार्फत छात्रा, छात्रा, शिक्षकको शौचालयमा पर्याप्त पानी र पिउन समेत उपलब्ध भएको छ । परिचर समेत उक्त समस्या समाधान भएपछि ज्यान जोगिएकोमा दगं छन् ।

सरमथली गाविसमा खुलेको सामुदायिक मेलमिलाप केन्द्रले दुईवटा बहुसरोकार सहित ३३ वटा विवादहरु समाधान गरेको छ । वडा नम्वर १, २ र भुमे माध्यमिक विद्यालय बीच शुरु भएको खानेपानी विवाद तथा कुलो पानीका कारण उत्पन्न विवाद समाधान गरेपछि समुदाय स्तरमा हर्षाेल्लास छाएको छ ।

विद्यालयका परिचर प्रेमप्रसाद पन्तले भावकु हुँदै विवादका कारण आफ्नो ज्यानको समेत जोखिम रहेको बताए । विवाद समाधान पछि खुशीले सिमा नरहेको भन्दै सबैलाई दायित्व बोध गराउने, अहंमको भावना त्याग्ने र समुदाय स्तरमै मेलमिलाप गराई फाटेका मनहरु मिलाउने अभियानको खुलेर प्रशंका गरे । चार सय विद्यार्थी, शिक्षक, अभिभावक र अन्यलाई पिउने पानी त थिएन नै शौचालय जान समेत पानी नहुँदा रोशी खोला देखि दैनिक बोकेर पु¥याउँदा भएको पीडाको प्रेमप्रसादले अनुभव सुनाएका थिए ।

सामुदायिक मेलमिलाप कार्यक्रमबाट संयोजक इन्द्रजित तामाङले विद्यालयका लागि आवश्यक पर्ने पानी र वडा नम्वर एक र २ का सबै उपभोक्ताहरुका लागि घर घर पानी उपलब्ध गराउन गरेको प्रयास र त्यसको उपलब्धीका बारेमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कान्छा लामाले खुशी ब्यक्त गरे । उनले विवाद हुने वितिक्कै प्रहरी, प्रशासन र अदालत जानु पर्छ भन्ने भ्रम तोडिएको अनुभव सुनाए ।

दि एशिया फाउण्डेशनको आर्थिक सहयोगमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले शुरु गरेको सामुदायिक मेलमिलाप कार्यक्रमले पारेको प्रभाव र थप आवश्यकताका बारेमा जानकारी गराउँदै स्थानीय राजनीतिक दलहरुले सरमथली गाविसमा शुरु भएको मेलमिलाप कार्यक्रमलाई दिगो बनाउन गाउँ विकास समितिबाट समेत बजेट विनियोजन गरेको बताए । प्रहरीकोमा जान लागेका केहि विवादहरुलाई स्थानीय स्तरमै समाधान गरेपछि समुदायमा खुशी र एक आपसमा मेलमिलाप बढाएको नेकपा माओवादीका रेशम तामाङले बताए ।

सामुदायिक मेलमिलाप केन्द्रमा खानेपानीको मुहान, साँध सिमाना, मादक पदार्थ सेवन गरी भएको झगडा, सामान्य कुटपिट, आर्थिक लेनदेन, सडक अवरुद्ध लगायतका विवादहरु समाधान भएका छन् । मेलमिलाप केन्द्रको गतिविधिका बारेमा अष्ट्रेलियन दुतावासकी कामाक्षी, दि एशिया फाउण्डेशनका बरिष्ठ कार्यक्रम संयोजक प्रिति थापा, कार्यक्रम अधिकृत नमित वाग्ले, जिल्ला कार्यक्रम संयोजक सरिता सापकोटा लगायतले जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्