सचेतनाले आय स्तरमा सुधार



नेपाल समाचारपत्र
काभ्रे ।
जिल्लाको चौवास गाविस–२ ओख्रेपात्लेमा गठन गरिएको सुनौलो भविष्य नागरिक सचेतना केन्द्रका सदस्यहरु कृषि पेशामा आकर्षित भएका छन् । तरकारी खेति गरि उनिहरुले आफ्नो आम्दानी बढाउन थालेका छन् ।

साना सिचाई योजना सञ्चालनमा ल्याएर तरकारी खेती गर्न थालेका यहाका स्थानिय वासिन्दाहरुले तरकारी बिक्रि गरेर मासिक १० हजार रुपैया समेत आम्दानी गरेको बताउछन् । आफुले उत्पादन गरेको तरकारी स्थानिय बजारमै विक्रिहुने पनि उनिहरुको भनाई छ ।

अति विपन्न ,दलित र गरिव जनजातीहरुको बस्ती रहेको ओख्रेपात्लेमा नागरिक सचेतना केन्द्र गठन गर्ने स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको नियमानुसार सुनौलो भविष्य नागरिक सचेतना केन्द्रको गठन भएको हो । दिगो उद्यम तथा सामाजिक विकास केन्द्रको सहजिकरणमा सञ्चालन गरिएको स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत गठन गरिएको नागरिक सचेतना केन्द्रका सदस्यहरुले तरकारी खेतिमा धेरै चासो दिएपछि सदस्यहरुलाई तरकारी खेतिकै लागि सहजिकरण गरिएको थियो ।

केहि वर्ष अघि सम्म यहा सिचाईको व्यवस्था नहँुदा तरकारी खेती गर्न कठिन भएको थियो । ‘सिचाईको अभावले सदस्यहरुको विउ विजनमा लगानी र परिश्रम गरे बापतको प्रतिफल प्राप्त गर्न नसकेको ज्यादै निराशा पनि भएका थिए’ केनद्रकी संयोजक शुसीला कुवरले भन्नुभयो– हामिले सचेतना केन्द्र मार्फत २०६८ साल देखि नै जिविस र गाविसमा पटकपटक सिचाई योजना मागेका थियौं तर योजना परेन ।

यसै क्रममा २०७१ सालमा साना पुर्वाधार योजना अन्र्तगत बजेट माग गर्दा पनि बजेट नपरेको भन्दै उहाले गतवर्ष स्थानिय शासन तथा सामाुदायिक विकास कार्यक्रमले पुन योजना छनौट गरी पेश गर्नु पर्ने जानकारी दिएपछि पुनःसाना सिचाई योजना छनौट गरी पठाउदा बजेट आएको बताउनु भयो । ३ लाख ६० हजार लागतको साना सिचाई योजना संचालन गरी २०७२ सालको असार मसान्त सम्ममा सम्पन्न भएको उहाको भनाई थियो ।

सिचाई योजनापछि केन्द्रका सदस्यहरु तरकारी खेति गरि आम्दानी बढाएको र दैनिक आवश्यक्ता पुर्ति गर्दै आएको सामाजिक पपिरचालक सुकुरानी लामा बताउनुहुन्छ । तरकारी खेतिगरि केन्द्रका सदस्यहरुले गरेको प्रगतिलाई छिमेकिहरुले समेत चासोका साथ हेरिरहेको सामाजिक परिचालक लामाले बताउनु भएको छ ।

‘विपन्नता स्तरीकरण ,सरसफाईको अवस्था र सेवाको सुविधामा पहुँचको अवस्थाको आधारमा सबैभन्दा पिछडिएको बस्तीमा सचेतना केन्द्रको गठन पश्चात हरेक हप्ताको कक्षामा विभिन्न विषयको बारेमा छलफल गर्ने गरिन्थ्यो‘ सामाजिक परिचालक लामा भन्नुहुन्छ– छलफलका विषयहरु मध्ये कृषिमा तरकारी खेतीको विषय ज्यादै प्रभावकारी भई सबै सदस्यहरको चासोको विषय बन्न पुग्यो र बेमौसमी तरकारी खेती गर्ने सबै सदस्यहरुले व्यवसाय शुरु गर्न थाले ।

दिगो उद्यम तथा सामाजिक विकास केन्द्रको सहजिकरणमा सञ्चालन गरिएको स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम जिल्लाको सातवटा गाविसमा सञ्चालन छ । चौबास लगाएत सिमथली, बेखसिम्ले, भुम्लुसल्ले, सापिङ्ग, भुम्लुटार, दोलालघाट, कोशीदेखा र फलाटेमा कार्यक्रम सञ्चालन भैरहेको बताउदै कार्यक्रम संयोजक गिता पुरकोटी भन्नुहुन्छ– जिल्ला विकास समिति धुलिखेल द्धारा काभे्र जिल्ला भरि नै कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

गाविस र नगरपालिकामा स्थानिय तवरबाटै बिकासमा सहयोग पुग्ने किसिमले र लागु भएका योजनाहरु जवाफ देहिता बनाउने किसिमले सो कार्यक्रमको लागु गरिएको हो । उहाका अनुसार क्लस्टर ७ को ९ वटा गाविसको कार्यक्रम दिगो उद्यम तथा सामाजिक विकास केन्द्रले सहजीकरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्