ट्रम्पको विरोधमा महिलाद्वारा विश्वब्यापी प्रदर्शन



वासिङटन (एजेन्सी)
राष्तपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण भइरहँदा उनको विरोधमा शुक्रबार भएको विरोध प्रदर्शनमा २ सय भन्दा धेरैलाई गिरफ्तार गरिएको छ। प्रदर्शनकारीहरु आगजनी तथा प्रहरीसँग मुठभेद गरेपछि प्रहरी प्रदर्शनकारी विरुद्ध चोट नपुर्याउने विस्फोटक पदार्थ, फ्ल्यास ब्यांग ग्रिनेड तथा खुर्सानीको स्प्रे प्रयोग गरेका थिए।

एकजना प्रदर्शनकारीले अमेरिकामा अहिले भइरहेको घटनाहरुमा पुर्ण रूपमा असहमतहरुको आफु प्रतिनिधि भएको बताए। उनले ट्रम्प अल्पसंख्यक तथा एलजीबीटी नागरिकका लागि खतरा भएको बताए।

देशकै राजधानीमा भएको उक्त हिँसात्मक प्रदर्शन साँझसम्ममा शान्त बनेको थियो। यद्यपी सडकमा प्रहरी र प्रदर्शनकारी दुबै बसिरहेका थिए। राजधानीमा प्रदर्शनकारीले प्रहरीसँग मुठभेद गरेपनि देशको धेरैजसो भागमा फरक पहिरण तथा प्लेकार्ड बोकेर ट्रम्प विरोधी शान्तिपुर्ण र्यालीहरु निस्केका थिए। म्याकफेर्सन पार्कमा आयोजित एक विरोध कार्यक्रममा दुईजना सहभागीले ‘मिसेल ओबामा २०२०‘ राष्टपतिय अभियान लेखेको टिसर्ट लगाएका थिए।

धेरैले गत बर्षको चुनावमा ट्रम्प विरुद्ध डेमोक्र्याट हिलारी क्लिन्टनले बढी लोकप्रिय मत हासिल गरेको टिसर्ट लगाएका थिए भने केहिले उक्त चुनावमा ट्रम्पलाई सहयोग पुर्याउन रुसी सरकारको संलग्नतामा इमेल सार्वजनिक भएको अमेरिकी गुप्तचर एजेन्सीहरुको ठहरलाई दर्साउने टिसर्टमा थिए।

क्यापिटोल हिल वरपरका केहि स्थानहरुमा ट्रम्पका समर्थकहरुले पनि र्याली निकालेका थिए।

ट्रम्प विरुद्ध विश्वब्यापी महिला प्रदर्शन
गत बर्ष चुनावताका अभिब्यक्ती र विगत विवादास्पद ब्यवहारका कारण ट्रम्प महिलाहरुको तारो नै बन्दै आएको हो। शुक्रबार अमेरिकी राष्टपतिको पदभार सम्हालेका ट्रम्पको विरोधमा देश भित्र मात्र नभई विश्वब्यापी प्रमुख सहरहरुमा प्रदर्शन जारी छ।

अष्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत र जापानमा उनको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन्। अमेरिकामा हलिवुडका केहि हस्तीहरु समेत सयौंको संख्यामा महिला विरोध प्रदर्शनको तयारीमा जुटेका छन्।

अष्ट्रेलियाको प्रमुख सहर सिड्नीमा करिब तीन हजार महिलाले प्रदर्शन गरे। प्रदर्शनकारी महिलाहरुले अमेरिकी बाणिज्य दुताबास अगाडी ट्रम्पको विरोधमा प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले यसलाई सिस्टर्स मार्च नाम दिएका छन्। यसप्रकारको विरोध र्यालीको आयोजना विश्वको विभिन्न भागमा हुने जनाइएको छ।

सबैभन्दा ठुलो विरोध प्रदशन अमेरिकाको राजधानी वासिङटन डिसीमा आयोजित हुने छ। यहाँ हुने र्यालीमा लाखौंको संख्यामा प्रदशनकारीले भाग लिन सम्भावना रहेको जनाइएको छ।

क्यालिफोर्नियाको लसएजेलस लगायन अमेरिकाको विभिन्न सहरमा हुने महिलाहरुको विरोध प्रदर्शनमा हलिवुडका थुप्रै स्टारहरु सहभागी हुने जनाइएको छ। अमेरिकी अभिनेत्री फेरेराले ती विरोध प्रदर्शनको आयोजना गर्नमा डेमोक्र्याट हिलारी क्लिन्टनको मद्दतका लागि आह्वान पनि गरेकी छिन्।

अमेरिका फरेराले यस विषयमा जारी गरेको विज्ञप्तीमा भेनेकी छिन्– चुनावपछि धेरैलाई उनीहरुको आवाज सुनिने छैन भन्ने डर छ। महिला कलाकारका रूपमा मात्र होइन, एकजना प्रतिबद्ध अमेरिकी नागरिकका रूपमा पनि। यो गम्भिर समस्या हो र हामी आफनो समुदायको सुरक्षा, गरिमा र अधिकारका लागि एकजुट छौं।

स्कारलेटल जोहानसनले प्रजनन अधिकारलाई लिएर ट्रम्प प्रशासनको यसअघि नै आलोचना गरिसकेकी छिन्। आफनो आवाज सुनाउन पनि आफु अहिलेको विरोध प्रदर्शनमा सहभागी हुन चाहेको उनले बताए।

अमेरिकी गायिका वियोन्सेले पनि र्यालीको समर्थन गरेकी छिन्। उनले फेसबुकमा लेखे– म परिवर्तनका स्वरहरुको साथमा छु। हामीले आमा, कलाकार र कार्यकर्ताका रूपमा आफनो स्वर उठाउनु पर्नेछ, ताकी यसबाट हाम्रो आवाज सुनियोस। यो जागरुकताबाट सार्थक र सकारात्मक परिवर्तन ल्याओस। फेरेरा, वियोन्से बाहेक एमी स्कुमर, स्कारलेट, जोहानसन फ्रान्सेस म्याकडोरमान्ड र जेनदाया पनि यस विरोध प्रदर्शनमा भाग लिनेछन्। फोब्र्स पत्रिकाका अनुसा सन् २०१६ मा सबैभन्दा धेरै आम्दानी गर्ने अभिनेत्रीहरुमा एमी स्कुमर पनि पर्छ।

माइकल मुले पनि ट्विट गर्दै शनिबार वासिंगटनमा हुन लागेको महिला र्यालीमा सम्बोधन गर्न आफु सहभागी हुने बताएकाछन्। उनले सबैलाई ट्रम्पलाई सन्देस दिनका लागि एकजुट हुन अपिल गरेका छन्। आयोजकका अनुसार शनिबार हुन लागेको उक्त प्रदर्शनमा एक लाख भन्दा धेरैको सहभागिता हुने अपेक्षा गरिउको छ। अमेरिकाको करिब १ सय ५० स्थानमा यस प्रकारको र्यालीको आयोजना हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्