सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो



भक्तपुर नेस / भक्तपुरको सल्लाघारीमा बिहीबार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बा २ ख ९७२१ नम्बरको मिनि ट्रकले दुईवटा मोटरसाइकललाई एकसाथ ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बा ४३ प ४५७६ नम्बरका मोटरसाइकल चालक काठमाडौं कालिमाटी बस्ने बर्ष ४५ का सरोज बाँनियाँ र बा १४ प ५२८८ नम्बरका मोटर साईकल चालक कालीमाटीकै बर्ष ४४ का अनिलकृष्ण ताम्राकारको घटनास्थलमै ज्यान गएको हो ।

मादक पदार्थ सेवन गरी सवारी चलाएका मिनिट्रक चालक भक्तपुर चाँगु बस्ने बर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हवल्दार दिपेन्द्र शााहीले बताउनुभयो ।

दुबै मोटरसाईकल दुधपाटीबाट ठिमी तर्फ आईरहेका थिए भने मिनीट्रक भने दुधपाटी तर्फ गईरहेको अबस्थामा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्