स्वास्थ्यकर्मीलाई नयाँ नियम



काठमाडौं (नेस)।
सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थाहरूमा सरकारी समयभन्दा बेगर काम गर्न अबदेखि स्वास्थ्य मन्त्रालयमा फागुनमसान्तभित्र निवेदन दिई अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त विषय पारित गरिएको हो।

सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूले अनिवार्य पालना गर्नुपर्ने सेवा शर्तसम्बन्धी निर्देशन, २०७३ बिहीबार मन्त्रपरिषद्बाट पारित भएकाले कर्मचारीले सरकारको पूर्वस्वीकृति नलिई काम गर्न नपाउने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्