रसुवालाई कृषिमा आत्मनिर्भर बनाउन १५ पकेट क्षेत्र



रसुवा, ६ माघ । रसुवामा १५ वटा व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत जिल्लाको ११ वटा गाविसको १४ स्थानमा पकेट निर्माण गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार जिल्लाको ११ वटा गाविसको प्रत्येक गाविसमा दुई सय रोपनी क्षेत्रफलमा पकेट क्षेत्र र गत्लाङ र लहरेपौवा गाविसमा २ हजार रोपनीको आलु खेतीको व्लक निमार्ण कार्य अघि बढाइएको छ । पकेट क्षेत्र अन्तरगत मुख्य वाली ७, आलु ४, अदुवा २, सिमी १ र धानको विउ १ गरी १५ वटा पकेट क्षेत्र निमार्ण कार्य अघि बढेको हो ।

रसुवामा परियोजना सञ्चालनका लागि यो वर्ष एक करोड ६९ लाख प्राप्त भैसकेको र व्लक तथा पकेट क्षेत्र सञ्चालक समिति मार्फत प्रस्तावना आउने क्रम जारी रहेकाले कार्यक्रम छिट्टै सञ्चालन हुने वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाँइले वताउनुभयो । ‘गत्लाङबाट माटो जाँच, सिंचाई, तालिम, तथा आलु भण्डारण गर्ने स्टोर निमार्णका लागि प्रस्तावना आएको छ हुमागाँईले भन्नुभयो ।

परम्परागत कृषि गरिरहेका किसानलाई आधुनिक कृषि प्रणालीमा ल्याइने भएकाले कार्यक्रमबाट जिल्लालाई कृषिमा आत्मनिर्भर वनाउनका लागि सहयोग पुग्ने उँहाले वताउनुभयो । १० वर्षसम्म सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना देशभरी लागु भएको छ ।

प्रतिक्रिया दिनुहोस्