प्रतिबिरामी खर्च ६ सय ३० रुपियाँ



हेटौंडा,(नेस)। साउन यताको अवधिमा हेटौंडा अस्पतालको सामाजिक सेवा एकार्इंबाट २ सय ५ जना लाभान्वित भएका छन् । गरिब, अपांगता भएका, ज्येष्ठ नागरिक, लैंगिक हिंसा पीडितलाई सरकारले सामाजिक सेवा एकाईंबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

साउन महिनामा १ सय ७० जना र भदौमा ४० जनाले सेवा लिएको हेटौंडा अस्पताल सामाजिक सेवा एकाईंले जनाएको छ । साउन महिनामा गरिब ३८ जना, अपांगता भएका ६ जना, लैंगिक हिंसा प्रभावित १४ जना, ज्येष्ठ नागरिक १ सय ११ जना, महिला स्वस्थ्य स्वयम्सेविका १ जनाले सामाजिक सुरक्षा एकाईंमार्फत् सेवा लिएका छन् ।

सरकारले सामाजिक सुरक्षा एकार्इंमार्फत् सरकारी अस्पतालबाट प्राप्त हुने सेवामा अत्यन्त न्यून शूल्क लिएर सेवा प्रदान गर्ने गरेको छ । हेटौंडा अस्पतालले साउन महिनामा ७५ हजार रुपिया“ बराबरको सेवा प्रदान गरेको छ । हेटौंडा अस्पतालले साउन महिनामा प्रतिबिरामी औसत खर्च ६ सय ३० रुपिया“ खर्च गरेको छ ।

भदौ १४ गतेसम्ममा हेटौंडा अस्पतालले सामाजिक सेवा एकाईंबाट ३५ जनालाई सेवा प्रदान गरेको छ । गरिबमा ८ जना, असहाय २ जना, लैंगिक हिंसा प्रभावित ४ जना, ज्येष्ठ नागरिक २० जना, महिला स्वास्थ्य स्वयम्सेविका १ जनाले सेवा लिएका छन् । भदौ महिनामा १५ हजार बराबरको सेवा हेटौंडा अस्पतालले विपन्न, लैंगिक हिंसा पीडित, अपांगता भएका, ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको छ ।

हेटौंडा अस्पताल सामाजिक सेवा एकार्इंकी सहजकर्ता नित्या वाग्लेका अनुसार हेटौंडा अस्पतालमा आकस्मिक एवम्् बहिरंग (ओपीडी) मा स्वास्थ्य सेवा लिन आएकामध्ये उपचार खर्च नभएकालाई सहयोग गरि“दै आएको छ । आकस्मिक कक्ष र बहिरंग कक्षमा रहेका हेटौंडा अस्पतालकै चिकित्सक वा कर्मचारीले विपन्न, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंगिक हिंसापीडितको पहिचान गरी निःशुल्क स्वास्थ्य सेवाका लागि सामाजिक सेवा एकाईंमा सिफारिस गर्ने गरेको सहजकर्ता सृष्टि अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्