लक्ष्मीका सन्तानलाई बार्सिलोनाबाट सहयोग



परिवारले अझै शव बुझ्न मानेनन

काभ्रे, २ माघ ।
सानो वाङ्गथली गाउँ विकास समिति वडा नम्वर ७ कि ३२ बर्षिया लक्ष्मी परियारको हत्या पछि उनका तीन सन्तानको रेखदेख तथा शिक्षादिक्षाका लागि भन्दै स्पेनको बार्सिलोनामा बस्ने नेपालीहरुले नगद सहयोग उपलब्ध गराएका छन् ।

मसिंर २० गते स्थानीय शिक्षक हिरा लामा र उनकी आमा काईली तामाङले अमानविय ब्यवहार गरेपछि मसिंर २४ गते उनकै श्रीमान मिलन परियारले लाठीले कुटीकुटी मरणासन्न बनाएपछि छिमेकी गोठमा पुग्दा लक्ष्मीको निधन भएको थियो ।

उनको हत्यामा संलग्न भएको अभियोगमा उनिहरु तिनैजनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । हिरा र उनकी आमालाई लक्ष्मीले तथानाम बोल्दै विभिन्न आरोप लगाएपछि भएको कुटपिटबाट नै लक्ष्मीको हत्या भएको आरोप परिवारका सदस्यहरुले लगाएपनि तत्कालको घटनास्थलका प्रमाणहरुका आधारमा मिलनको कुटाई पछि लक्ष्मीको मृत्यु भएको देखिएको छ ।

विभिन्न जिल्लाबाट क्यालिफोर्नियामा बसोबास गर्दै बसेका १५ युवाहरुले खोलेको माउण्ट एभरेष्ट युवा समुहले नयाँ वर्ष र क्रिसमसको अवसर पारी आयोजना गरेको डिनर च्यारिटी बाट संकलन भएको नगद १ लाख २५ हजार रुपैया पर्वत खुर्काेटका दिनेशराज रेग्मीले शनिबार नेपाल आए लगत्तै आईतबार नै लक्ष्मीका तीन छोरा १३ बर्षिय सागर, १० बर्षिय सुमन र २ वर्षका शुशिल, काका ज्ञानबहादुर र सासु विष्णुमायालाई सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौड्याल मार्फत हस्तान्तरण गरेका हुन् ।

बुबा शेषराज रेग्मी र भिनाजु महाप्रसाद पाण्डे सहित धुलिखेल आएका रेग्मिले म्यादी घर भएका सुरेश शर्माको नेतृत्वमा संकलन भएको रकम लक्ष्मीका परिवारलाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । ‘विदेशमा रहँदा नेपाल सबै आफ्नै जस्तो अनुभुति हुन्छ’–रेग्मीले भने–‘लक्ष्मीको मृत्युका बारेमा थप अनुसन्धान हुँदै होला तर उनका नाबालक छोराहरुको रेखदेखका लागि हामीले सक्दो सहयोग ग¥यौं ।’ सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौड्यालले उक्त सहयोगका लागि सहजीकरण गरेका थिए ।

घटनाका बारेमा अनुसन्धान भईरहे पनि लक्ष्मीका तीन सन्तानको सहयोगका लागि युवाहरुले गरेको सहयोगको प्रशंशा गरेका थिए । उक्त कार्यक्रममा डिएस्पी नविनराज राईले उक्त घटनाको अनुसन्धान अझै भईरहेको बताए भने जिल्ला विकास समितिका योजना अधिकृत द्योलकराज ढकालले बाल संरक्षण समिति र लक्षित कार्यक्रमबाट बालबालिकाहरुको शिक्षामा सहयोग पु¥याउने बताए ।

लक्ष्मीका देवर ज्ञानबहादुर परियारले लक्ष्मीको मृत्युमा दाजु मिलनको हात नरहेकाले तत्काल उनको रिहाईका लागि माग गरे । मिलनको रिहाई नहुँदासम्म लक्ष्मीको शब नबुझ्ने उनको भनाई थियो । उता मिलनले भने बयानका क्रममा आफुले श्रीमती लक्ष्मीलाई लाठीले हानेको स्विकारेका छन् । हिरासतमा रहँदा र कारागारमा पनि मिलनले आफुलाई दलित आयोग लगायतका विभिन्न संघ संस्थाहरुले बयान फेर्न दिएको दबाबका कारण मानसिक असन्तुलन समेत हुन लागेको बताउन थालेका छन् ।

लक्ष्मीका तीन छोरा मध्ये जेठो सुर्याेदय मावीको कक्षा ६ मा अध्ययन गर्छन भने माईलो सुमन कक्षा ४ मा अध्ययन गर्छन । उनीहरुको सहयोगका लागि जापान बस्ने पोखरका एक ब्यक्तिले १ लाख १ हजार १ सय ११ र अन्य ब्यक्ति तथा संस्थाहरुले गरी राष्ट्रिय बाणिज्य बैक धुलिखेलमा २ लाख ५० हजार यस अघि जम्मा भईसकेको छ । उनिहरु काका ज्ञानबहादुर सँग पाँचखालमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्