स्ववियु निर्वाचनमा उमेरको हदबन्दी हुँदैन



स्ववियु निर्वाचनमा उमेरको हदबन्दीको सन्दर्भ तत्कालीन अखिल क्रान्तिकारी अध्यक्ष हिमाल शर्माले २०६८ सालमा बाबुरामकी छोरी मानुषी यामीलाई स्ववियु सभापति बनाउन ल्याएका हुन् । संसारमा कहीँ–कतै पनि फगत उमेरको विषयलाई राजनीतिक मुद्दा बनाइएको विद्यार्थी राजनीतिमा पाइँदैन । बरु यसको सट्टामा शैक्षिक मुद्दाहरू नै प्राथमिकतामा पर्दछन् । उमेरका कुरा गर्न विद्यार्थी र त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा इमानदार छैनन् र देखिँदैनन् पनि । त्यसकारण यसपालि पनि स्ववियु निर्वाचन नहुन सक्छ ।

नियमित निर्वाचन नगर्ने नेपालका माओवादी विद्यार्थी संगठनहरू नै हुन् । किनकि उनीहरू शहरिया विद्यार्थी राजनीतिमा अलोकप्रिय संगठनको रुपमा मानिँदै आएका छन् । अब यसैको वरिपरि स्ववियु निर्वाचन घुमेको छ । डेमोक्रेट मानिने मानिसहरू नै इमानदार देखिँदैनन् । उनीहरूलाई त्रिभुवन विश्वविद्यालयको सत्ता नै प्यारो छ । यसैको कारक तत्वको परिणाम बन्न पुगेको छ अर्काे जोखिम मोल्न आनाकानी गर्नु । क्याम्पस विद्यार्थी झडपले गर्दा विद्यार्थी मतदाताहरू पनि निर्वाचनबाट विमुख छन् ।
–शिव पाण्डे
सरस्वती बहुमुखी क्याम्पस

प्रतिक्रिया दिनुहोस्