प्रधानमन्त्रीको खल्तीमा कैंचीः ओली



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति निर्माणको काम छोडेर दैनिक रूपमा आफैंले गरेको प्रतिबद्धताविपरीत रिबन काट्दै हिँडेकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्नुभएको छ।प्रधानमन्त्री भएकै दिन व्यक्त गरेको उद्घाटन गर्न नहिँड्ने प्रतिबद्धता प्रचण्डले बिर्सिएको उल्लेख गर्दै अध्यक्ष ओलीले बास बसेको घरको ढोकाढोकामा समेत रिबन काटदै हिँडेको भन्दै आलोचना गर्नुभएको हो। ओलीले प्रचण्डले अहिले खल्तीमै सलाइ र कैंची हालेर हिँड्ने गरेकाप्रति व्यङ्ग्य गर्दै भूकम्पले भत्काएको सिंहदरबार निर्माणको काम छाडेर गुरिल्ला ट्रेक उद्घाटन गर्न हिँडेको बताउनुभयो।

उहाँले संविधान संशोधन प्रस्ताव राष्ट्रियता र भौगोलिक अखण्डता विरुद्ध रहेको बताउँदै जनताको भावनाविपरीतको संशोधन प्रस्तावमाथि छलफल हुन नसक्ने बताउनुभयो। प्रदेशको सीमांकन गर्ने अधिकार रूपान्तरित संसद्लाई नभएको दाबी गर्दै अध्यक्ष ओलीले राष्ट्रियताको विरुद्धमा आएको प्रस्तावलाई छलफल गर्न र भोट हाल्न नसकिने बताउनुभयो। ओलीले संविधान संशोधनको नाममा वितण्डता मच्चाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले तानाशाही अभिव्यक्ति दिइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्