पूर्वसम्पादक गौतमलाई पितृशोक



काठमाडौं, (नेस)
नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाका पूर्वसम्पादक कुशल गौतमलाई पितृशोक परेको छ।

पूर्वसम्पादक गौतमका पिता बखतबहादुर गौतमको ९१ वर्षको उमेरमा आफ्नै निवास सुर्खेतमा शनिबार निधन भएको हो। उहाँको शनिबार नै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्