पुस २२ मा एमालेको जनप्रदर्शन



काठमाडौं, (नेस) नेकपा एमालेले पुस २२ गतेको जनप्रदर्शनका लागि सडकमा मोटरसाइकल र्याली गर्नेदेखि लिएर फेसबुक र भाइबरमार्फत कसैलाई अभद्र भाषा प्रयोग नगर्ने नीति बनाएको छ। पुस २२ गत राजधानीमाा हुने जनप्रदर्शनमा डेढ लाख सहभागी गराउने उद्देश्यसहित प्रचार रणनीति बनाएको हो।

एमालेको केन्द्रीय प्रचार विभागको आइतबार बसेको बैठकले मुख्य नेताहरूको भिडियो सन्देश बनाइ २२ गतेको सभामा आउन अपिल गर्ने भएको छ। एमालेले आन्दोलनका आवश्यकता र औचित्यका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई ब्रिफिङ गर्ने रणनीति बनाएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो।बैठकले पुस २१ गते दस हजार मोटरसाइकल र्याली निकाल्ने निर्णय गरेको छ।‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान एमालेले चलाउने भएको छ। २२ गते भृकुटीमण्डपमा हुने विरोध सभालाई नौवटै पार्टीका अध्यक्षहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्